Latest posts
-
नागरिक एपमा एआईमार्फत ट्राफिक नियम उल्लङ्घनकर्तालाई अनलाइन सचेतना कक्षा

२३ जेठ, काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूका लागि अब सचेतना कक्षा लिन भौतिक रूपमा ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। नागरिक एपमार्फत उपलब्ध नयाँ अनलाइन प्रणालीले चालकहरूलाई आफ्नै सुविधाअनुसार २४सै घण्टा सचेतना कक्षा लिन सक्ने व्यवस्था गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन उल्लङ्घन, रातो
-
मल संकट अन्त्य गर्न ‘ग्रिन युरिया’ परियोजना अघि बढ्दै

२० जेठ, काठमाडौं । नेपालमा वर्षेनि देखिने रासायनिक मल अभावको समस्या समाधान गर्न सरकारले नयाँ योजना सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले जलविद्युत् प्रयोग गरेर ‘ग्रिन युरिया’ मल उत्पादन गर्ने घोषणा गरेको हो। सरकारले नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडेलमा ग्रिन युरिया उद्योग सञ्चालन गर्ने नीति लिएको छ।
-
माइक्रोसफ्टको सहकार्यमा एनभिडिया (NVIDIA) प्रोसेसरयुक्त पहिलो विन्डोज कम्प्युटर सार्वजनिक हुँदै

१७ जेठ, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माणमा अग्रणी कम्पनी एनभिडिया(NVIDIA) र विश्वप्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टले नयाँ पुस्ताका विन्डोज कम्प्युटर सार्वजनिक गर्ने तयारी गरेका छन्। आगामी हप्तादेखि बजारमा आउने अपेक्षा गरिएका यी कम्प्युटरहरूमा पहिलो पटक एनभिडियाकै चिपलाई मुख्य प्रोसेसर (सीपीयू) का रूपमा प्रयोग गरिने भएको छ। अमेरिकी सञ्चारमाध्यम एक्सियोस का अनुसार नयाँ कम्प्युटरहरू माइक्रोसफ्टको
-
अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्रमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने

१७ जेठ, काठमाडौं | अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको सुरक्षा साझेदारी ओकस (AUKUS) अन्तर्गत समुद्रमुनि सञ्चालन हुने अत्याधुनिक मानवरहित ड्रोन प्रविधि विकास गर्ने निर्णय गरिएको छ। सिंगापुरमा सम्पन्न सुरक्षा सम्मेलन सांग्रिला डायलोग पछि तीनै देशका रक्षा मन्त्रीहरूले संयुक्त रूपमा उक्त घोषणा गरेका हुन्। नयाँ प्रविधि अन्तर्गत विकसित हुने अनक्रुड अन्डरसी भेइकल (Uncrewed Undersea Vehicle) ले समुद्रभित्रका
-
विश्वकै पहिलो एआई राष्ट्रको प्रयोग: प्रविधिको क्रान्ति कि जोखिमपूर्ण भविष्य?

४ जेठ, काठमाडौं । विश्वमै पहिलोपटक कृत्रिम बुद्धिमत्ता (AI) द्वारा सञ्चालित राष्ट्र (एआई राष्ट्रको) निर्माण गर्ने दाबीले अहिले विश्वको ध्यान खिचिरहेको छ। प्रविधि उद्यमी ड्यान थमसन ले एसियाको एक टापुमा ‘एआई सरकार’ स्थापना गर्ने प्रयोग अघि बढाएका छन्, जसलाई लिएर उत्साहसँगै गम्भीर बहस पनि सुरु भएको छ। थमसनले सन् २०२५ मा पालावान क्षेत्रमा एउटा टापु
-
मङ्गल ग्रहमा महासागर थियो? ‘शालबाताना भालिस’ उपत्यकाले दियो चकित पार्ने संकेत

२ जेठ, काठमाडौं । मङ्गल ग्रहको सतहबारे नयाँ खोजले वैज्ञानिक जगतलाई फेरि एकपटक चकित बनाएको छ। युरोपेली अन्तरिक्ष एजेन्सी को मार्स एक्सप्रेस मिशनले सार्वजनिक गरेको नयाँ तस्बिरले मङ्गल ग्रहमा महासागर रहेको हुन सक्ने बलियो संकेत दिएको हो। १,३०० किलोमिटर लामो रहस्यमय उपत्यका शालबाताना भालिस नामक उपत्यका मङ्गल ग्रहको भूमध्यरेखा नजिकै फैलिएको छ, जसको लम्बाइ करिब
-
चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन सुरु, मह उत्पादन बढ्ने अपेक्षा

३१ जेठ, काठमाडौं। चितवन जिल्लामा मौरीपालनलाई आधुनिक बनाउने प्रयासस्वरूप कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन सुरु गरिएको छ। मौरीपालन विकास कार्यक्रम भण्डारा ले यस वर्ष उन्नत जातका रानो उत्पादन तथा वितरण अभियानलाई तीव्र बनाएको हो। कार्यालयका अनुसार चालु वर्षमा कुल १,२६० रानो मौरीपालक किसानलाई वितरण गर्ने लक्ष्य राखिएको छ। हालसम्म ९५ जना किसानलाई ५१२ रानो वितरण गरिसकिएको
-
गण्डकीमा राइड सेयरिङ नियम संशोधन, निजी चारपांग्रे बाहिर

३० वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियम फेरि संशोधन गरेको छ। चुनावअगाडि हतारमा ल्याइएको कार्यविधिलाई तीन महिना नपुग्दै परिमार्जन गर्दै व्यवसायीकै पक्षमा झुकाव देखिएको टिप्पणी भइरहेको छ। यसपटकको संशोधनले बजारमा सञ्चालन भइरहेका ट्याक्सीलाई राइड सेयरिङमा प्रवेश गर्न सहज बनाएको छ भने चालकसहित पाँच सिटभन्दा बढी क्षमताका सवारी साधनलाई कालो नम्बर प्लेट लिएर
-
नागरिक एपमा ‘लाइसेन्स छापिएको’ देखिँदा पनि सेवाग्राही रित्तै फर्किन बाध्य

१७ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागको प्रणाली र नागरिक एपमा ‘स्मार्ट लाइसेन्स छापिएको (लाइसेन्स प्रिन्टेड)’ देखिएपछि उत्साहित भएर कार्यालय पुग्ने सेवाग्राहीहरू कार्ड नपाई फर्किनुपर्ने अवस्था बढ्दै गएको छ।अनलाइन प्रणालीमा लाइसेन्स कार्ड प्रिन्ट हुनेबित्तिकै ‘प्रिन्टेड’ स्टाटस अपडेट हुने भए पनि वास्तविक कार्ड सम्बन्धित कार्यालयमा पुग्न र वितरणका लागि तयार हुन केही समय लाग्ने भएकाले यस्तो
-
एआईमा नयाँ सम्भावना | गभर्नर पौडेलको पहलले खुल्यो नयाँ लगानीको ढोका

१४ वैशाख, काठमाडौं । एआईमा नयाँ सम्भावना , नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल ले एआईदेखी लगानीको ( AI ) र बिग डाटा प्रयोगमार्फत नेपालको अर्थतन्त्रमा नयाँ लगानी अवसर खोल्ने पहल गरेका छन्। बैंकिङ क्षेत्रमा बिग डाटा उपयोग विस्तार गर्न Bank Negara Malaysia ले नेपाललाई प्राविधिक सहयोग गर्ने सहमति जनाएको छ। मलेसियाका गभर्नर अब्दुर रसिद
-
डढेलो नियन्त्रण ड्रोन प्रविधि कहिलेदेखि लागू हुन्छ ? १८ बुँदे प्रतिबद्धतामा यी विषय समेटिएका

११ वैशाख, काठमाडौं | नेपालभर फैलिएको डढेलोको असर राजधानीसम्म पुगेपछि डढेलो नियन्त्रण प्रविधि नेपालमा कहिलेदेखि लागू हुन्छ भन्ने प्रश्न चुलिएको छ। बुधबार र बिहीबार देशका विभिन्न भागमा फैलिएको डढेलोको धुवाँ काठमाडौं उपत्यकामा प्रवेश गर्दा वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ। दक्षिण एसिया डढेलो सञ्जालका नेपाल प्रतिनिधि सुन्दर प्रसाद शर्माका अनुसार बुधबार मात्रै देशभर ४१२ स्थानमा
-
चन्द्रमा परिक्रमा गरी फर्किए चार अन्तरिक्षयात्री, प्रशान्त महासागरमा सुरक्षित अवतरण

फर्किए चार अन्तरिक्षयात्री ऐतिहासिक मिशन सफल चैत २८ काठमाडौं | NASA को महत्वाकांक्षी आर्टेमिस–२ मिशन अन्तर्गत चन्द्रमाको परिक्रमा गरेका चार अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वी फर्किएका छन्। उनीहरूलाई बोकेको Orion spacecraft अन्तरिक्षयान प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण (स्प्ल्यासडाउन) भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। बिहान ५:४५ बजे सुरक्षित अवतरण नेपाली समयअनुसार आज बिहान करिब ५:४५ बजे समुद्रमा अवतरण भएको
-
ब्लुबुक रिन्यु सेवा रोकियो: खल्ती र ईसेवाले स्पष्टता नपाएको भन्दै सेवा बन्द

चैत २४ काठमाडौं । सरकारी कार्यालयहरूमा बिचौलियामाथि कडाइ सुरु भएपछि डिजिटल वालेट सेवा प्रदायक खल्ती र ईसेवा ले ब्लुबुक रिन्यु सेवा अस्थायी रूपमा ब्लुबुक रिन्यु सेवा रोकियो। दुवै कम्पनीले सूचना जारी गर्दै हालका लागि यो सेवा उपलब्ध नगराइने बताएका छन्। पछिल्ला वर्षहरूमा यी प्लेटफर्महरूले सवारी साधनको ब्लुबुक नवीकरणसँगै ‘होम पिकअप र ड्रप’ सुविधा समेत प्रदान
-
नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट

चैत २४ काठमाडौं । नयाँ सरकार गठन भएसँगै स्मार्ट लाइसेन्स छपाइ कार्य तीव्र रूपमा अघि बढाइएको छ। पछिल्ला १० दिनमै करिब १ लाख ६२ हजार थान लाइसेन्स प्रिन्ट गरिएको छ। सुरक्षण मुद्रण केन्द्र ले ‘बल्क’ प्रणालीमा लाइसेन्स छपाइ सुरु गरेको हो। केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हालसम्म यातायात व्यवस्था विभाग बाट करिब तीन लाख
-
आईटी सेवा खरिदका लागि ३ हजार डलरसम्म डलर कार्ड व्यवस्था

२३ चैत, काठमाडौं । ले सूचना प्रविधि (आईटी) सेवा खरिदलाई सहज बनाउन नयाँ व्यवस्था लागू गरेको छ। २२ चैत, नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले आईटी सेवासँग सम्बन्धित भुक्तानीका लागि डलर कार्ड जारी गर्न सक्ने भएका छन्। नयाँ व्यवस्थाअनुसार सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रसारणमा आधारित उद्योगहरूले अनलाइनमार्फत
-
वैज्ञानिक सफलता : जीपीएसबिनै नेभिगेसन प्रणाली अब सम्भव हुनेछ

१८ चैत, काठमाडौं । वैज्ञानिकहरूले ध्वनिको कम्पन प्रयोग गरेर चल्ने अत्यन्तै सटिक ‘फोनोन लेजर’ विकास गर्दै नयाँ वैज्ञानिक उपलब्धि हासिल गरेका छन्, जसले भविष्यमा जीपीएसबिना पनि नेभिगेसन सम्भव बनाउने संकेत दिएको छ। University of Rochester र Rochester Institute of Technology का अनुसन्धानकर्ताहरूले विकास गरेको यो प्रविधिले क्वान्टम भौतिकशास्त्र, गुरुत्वाकर्षण अध्ययन तथा भविष्यको ‘क्वान्टम कम्पास’ निर्माणमा
-
नागरिक एपमा राष्ट्रिय परिचयपत्र गायब, कारण के हो

२०८२ चैत ११ गते | काठमाडौँ — सरकारले नागरिक एपमार्फत वितरण गर्दै आएको राष्ट्रिय परिचयपत्र कार्ड एपमा देखिन छोडेको छ। शुक्रबारदेखि प्रयोगकर्ताहरूले आफ्नो परिचयपत्र विवरण एपमा नदेखिँदा चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जानकारी दिएको छ कि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आएको कारण एपमा परिचयपत्र उपलब्ध नभएको हो। विभागका



