ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ हुने

१५ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ। उनकी पत्नी राधिका शाक्यको तर्फबाट दायर गरिएको उक्त रिटमा गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गरिएको छ। आइतबार दर्ता भएको रिटमाथि बहस भने सोमबारका लागि तोकिएको छ। जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि चैत १४ गते पक्राउ गरिएको थियो। एमालेले यस गिरफ्तारीलाई पूर्वाग्रही र गैरकानुनी भन्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। पक्राउपछि ओलीलाई स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।


यो पनि पढ्नुहोस्