२२ चैत काठमाडौँ | नेप्से परिसूचक आइतबार उच्च गिरावटका साथ बन्द भएको छ। कारोबार दिनभर दबाबमा रहेको बजार अन्त्यमा १०५.५० अंकले घट्दै २६७६.६८ विन्दुमा झरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग सम्बन्धित घटनामा व्यवसायीहरू पक्राउ पर्ने क्रम बढेपछि लगानीकर्तामा त्रास देखिएको छ, जसले बजारमा ठूलो दबाब सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ।
यद्यपि परिसूचक घटे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आइतबार यो बढेर १२ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। आज कुल ३२८ वटा कम्पनीका ३ करोड १२ लाख ६ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्। समग्र बजार ओरालो लाग्दा पनि केवल ७ कम्पनीको सेयर मूल्य बढेको छ भने २६१ कम्पनी घाटामा गएका छन्। १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
नेप्सेमा ठूलो गिरावट ७ कम्पनी मात्रै हरियो
यसदिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, रिज लाइफ इनर्जी, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढ्दा सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावर ९.९९ प्रतिशतले उकालो लागेका छन्। उता ७ कम्पनीमा नकारात्मक सर्किट लागेको छ। नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स र भूगोल इनर्जीको मूल्य १० प्रतिशतले घटेको छ भने गार्डियन माइक्रो लाइफ, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भी इनर्जी ९.९९ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा Himalayan Reinsurance Limited शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको सेयर ७०४ रुपैयाँ ७० पैसामा ५८ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो स्थानमा Shivam Cements रहेको छ, जसको ४५ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। समूहगत सूचकतर्फ हेर्दा कारोबारमा आएका सबै १३ वटा समूह घटेका छन्। सबैभन्दा बढी गिरावट ‘अन्य’ समूहमा देखिएको छ, जुन ६.०९ प्रतिशतले तल झरेको छ। लगानीकर्तामा देखिएको डर र अनिश्चितताले बजारमा अझै दबाब कायम रहने संकेत देखिएको छ।
सहकारी पीडितको रकम फिर्ता गर्नेबारे मन्त्रिपरिषद्मा छलफल , गुल्मीमा बोलेरो दुर्घटना : दुईको मृत्यु, ११ जना घाइते, फेवाताल किनारमा गृहमन्त्री सुधन गुरूङको २० रोपनी जग्गा, दूषित दर्ता भएकाले मुआब्जा नपाउने , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

