बाँदर नियन्त्रण माग गर्दै खोटाङका किसानको प्रदर्शन, बाली जोगाउन सरकारसँग अपिल

१६ चैत काठमडौं | बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसानहरूले प्रदर्शन गरेका छन्। खोटाङको दिक्तेलमा आज स्थानीय किसानहरूले एकजुट भई प्रदर्शन गरेका हुन्। बाँदरका कारण बालीमा निरन्तर क्षति भइरहेको भन्दै किसानहरू आक्रोशित बनेका छन्। उनीहरूले बाँदर नियन्त्रण नगर्दा खेतीयोग्य जमिनमा लगाएको अन्नबाली नष्ट भइरहेको गुनासो गरेका छन्। बाँदर नियन्त्रणको माग राख्दै किसानहरूले हलो, जुवा, दाँते र कोदालो बोकेर प्रदर्शन गरेका थिए। यसले उनीहरूको पीडा र कृषि संकट झल्काएको छ। किसानहरूले सरकारलाई तत्काल प्रभावकारी योजना ल्याएर बाँदर नियन्त्रण गर्न आग्रह गरेका छन्। समस्या समाधान नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्