राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते, अध्यक्ष दाहालद्वारा मिति घोषणा

१९ चैत काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। नारायणप्रसाद दाहाल ले बिहीबार उक्त निर्वाचनको मिति घोषणा गरेका हुन्। उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ अनुसार उपाध्यक्ष पदको निर्वाचन प्रक्रिया अघि बढाइएको जानकारी दिए।

अध्यक्ष दाहालले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय लाई निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन दिएका छन्। त्यस्तै, राष्ट्रिय सभाका विषयगत समितिहरूमा रिक्त रहेका सभापतिहरूको निर्वाचन चैत २४ गते गर्ने निर्णय पनि गरिएको छ। यसका लागि राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डे लाई आवश्यक सूचना प्रकाशन गर्न भनिएको छ। यसअघि, राष्ट्रिय सभाको अर्को बैठक चैत २२ गते आइतबार बस्ने तय गरिएको छ।


यो पनि पढ्नुहोस्