लमजुङमा बोलेरो जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते

२१ चैत, काठमाडौं | लमजुङ बेसीसहरबाट उस्ताका लागि छुटेको बोलेरो जिप मर्स्याङ्दी गाउँपालिका–७, ङाबीमा दुर्घटनामा परेको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। जिप दिउँदो पौने ६ बजे सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो। जिपमा चालकसहित १४ जना सवार थिए। उद्धार टोलीले घाइतेहरूलाई उपचारका लागि अस्पताल लग्दा दुःखका साथ दुईको ज्यान गएको हो।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई चितवन रेफर गरिएको छ। चालक करण अधिकारी पनि घाइते भएका कारण दुर्घटनाका कारणहरूको विस्तृत अनुसन्धान जारी रहेको डीएसपी बस्नेतले बताउनुभयो। मृतकमा मर्स्याङ्दी–७ उस्ताकी ४० वर्षीय त्रिवेणी गुरुङ र ३४ वर्षीया पुष्पा घले रहेका छन्। प्रहरी घटनास्थलमा अनुसन्धान जारी राख्दै दुर्घटनाका कारण पत्ता लगाउने प्रयास गरिरहेको छ। image source : onlinekhabar.com


यो पनि पढ्नुहोस्