स्वास्थ्य समस्यापछि ओली आज पनि अस्पतालमै रहने

१४ चैत | काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज पनि अस्पतालमै राखिने भएको छ।

अस्पताल स्रोतका अनुसार मुटुको चालमा केही असामान्यता देखिएपछि थप निगरानी आवश्यक ठहर गर्दै चिकित्सकहरूले उनलाई अस्पतालमै राख्ने निर्णय गरेका हुन्।

हाल उनलाई अस्पतालको भिभिआइपी कक्षमा राखिएको छ। चिकित्सकहरूको टोलीले नियमित परीक्षण र निगरानी जारी राखेको जनाएको छ। स्वास्थ्य अवस्थाबारे थप जानकारी पछि सार्वजनिक गरिने बताइएको छ।

शनिबार बिहान भक्तपुरको गुण्डुबाट पक्राउ परेका ओलीलाई प्रारम्भमा भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको थियो। त्यसपछि स्वास्थ्य परीक्षणका लागि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगंज लगिएको थियो, जहाँ अहिले उपचार भइरहेको छ।