राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

२३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। पार्टीले संगठन विस्तार र संरचना सुदृढीकरण अभियान अन्तर्गत जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाएको हो। रास्वपाले हालसम्म देशका ७७ वटै जिल्लामा तदर्थ समिति गठन गरिसकेको जनाएको छ। पछिल्लो पटक डोल्पा जिल्लामा तदर्थ समिति गठन भएसँगै सबै जिल्लामा प्रारम्भिक संगठनात्मक संरचना तयार भएको हो।

मनाङ र मुस्ताङमा अधिवेशन नहुने

यद्यपि गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने यस चरणमा जिल्ला अधिवेशन नहुने भएको छ। ती जिल्लाहरूमा वडा तथा पालिका तहको अधिवेशन सम्पन्न नभएकाले जिल्ला अधिवेशनको प्रक्रिया अगाडि नबढाइएको पार्टीले जनाएको छ। रास्वपाले कुनै जिल्लामा कम्तीमा ३० प्रतिशत पालिकाको अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशन गर्न सकिने व्यवस्था गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्दैछ। जिल्ला र प्रदेश अधिवेशनपछि पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुनेछ।

पार्टीको कार्यतालिका अनुसार आज र भोलि देशभर जिल्ला अधिवेशन सञ्चालन गरिनेछ। जिल्ला अधिवेशन सम्पन्न भएपछि जेठ २६ गतेदेखि असार १ गतेसम्म प्रदेश अधिवेशन आयोजना गरिने कार्यक्रम रहेको छ। पार्टी नेतृत्वले जिल्ला र प्रदेश अधिवेशनमार्फत निर्वाचित प्रतिनिधिहरूलाई महाधिवेशनमा सहभागी गराउने तयारी गरेको छ।

असार ७ देखि चितवनमा महाधिवेशन

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने तय भएको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक रणनीति र संगठनात्मक मार्गचित्र तय गरिने अपेक्षा गरिएको छ। पार्टीका लागि यो पहिलो महाधिवेशन भएकाले संगठन निर्माण, नीति निर्माण तथा नेतृत्व व्यवस्थापनका दृष्टिले विशेष महत्त्वका साथ हेरिएको छ।


यो पनि पढ्नुहोस:विश्व वातावरण दिवस २०२६ देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै, कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमासांसदलाई ४ अर्ब ३२ करोड बजेट बाँड्दै बागमती सरकार, प्रत्यक्ष सांसदलाई ५ करोडसम्मसरकारले २५ संस्था खारेज ,  बैंकमा निष्क्रिय रहेको कोषको रकम सरकारले चलाउने, हकवालाले दाबी गरे फिर्ता हुने,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्