२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। ‘समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित यस वर्षको दिवस सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रम तय गरिएको छ।दिवसको अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गरेको छ। मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
विश्व वातावरण दिवस २०२६ को मुख्य नारा ‘समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
विभागका अनुसार कार्यक्रममा विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद् तथा सरोकारवाला निकायहरूको सहभागिता रहनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनबारे जनचेतना अभिवृद्धि गर्न यस वर्ष विशेष रूपमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए। दिवसको अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी गतिविधिहरू पनि सञ्चालन भइरहेका छन्।
यो पनि पढ्नुहोस:कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा, सांसदलाई ४ अर्ब ३२ करोड बजेट बाँड्दै बागमती सरकार, प्रत्यक्ष सांसदलाई ५ करोडसम्म, सरकारले २५ संस्था खारेज , बैंकमा निष्क्रिय रहेको कोषको रकम सरकारले चलाउने, हकवालाले दाबी गरे फिर्ता हुने, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply