प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूबिच कार्यसम्पादन सम्झौता: सुशासन र समृद्धिलाई प्राथमिकता

३ भदौ, काठमाडौं ।

काठमाडौँ। चालु आर्थिक वर्षमा सरकारद्वारा तोकिएका मुख्य प्राथमिकता, विषयगत योजना र विशिष्ट उपलब्धि हासिल गर्ने लक्ष्यसहित प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना मन्त्रीहरू तथा मुख्यसचिवसँग औपचारिक रूपमा कार्यसम्पादन सम्झौता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह र मन्त्रीहरूबिच सम्झौतापत्रमा हस्ताक्षर भई दस्तावेज आदानप्रदान गरिएको हो।

सरकारी कामकारबाहीलाई नतिजामुखी, उत्तरदायी र पारदर्शी बनाउने उद्देश्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य मर्म मानेर यो सम्झौता गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो।

यसै गरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पनि तोकिएको लक्ष्यअनुसार कार्यसम्पादन सम्झौता गर्नुभएको छ। मन्त्रीहरूसँगै नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि प्रधानमन्त्रीसमक्ष कार्यसम्पादन सम्झौता गर्नुभएको छ।

सो कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अस्वस्थताका कारण र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव संसद्को बैठकमा सहभागी हुनुपरेकाले उपस्थित हुन नसकेको जानकारी दिइएको छ। उपस्थित हुन नसकेका मन्त्रीहरूसँग पछि सम्झौता प्रक्रिया अघि बढाइनेछ।

तोकिएका विकास आयोजनाहरू समयमै सम्पन्न गर्ने, वित्तीय अनुशासन कायम राख्ने र आम नागरिकलाई प्रवाह गरिने सार्वजनिक सेवामा शीघ्रता ल्याउने हेतुले सरकारले यो परिपाटीलाई निरन्तरता दिएको हो। यस सम्झौतामा उल्लिखित सूचक र लक्ष्यका आधारमा मन्त्रालयहरूको कार्यप्रगतिको आवधिक रूपमा अनुगमन तथा मूल्याङ्कन गरिनेछ। यस अभ्यासले शासकीय सुधार ल्याउनुका साथै मन्त्रीहरूलाई आफ्नो विभागीय जिम्मेवारीप्रति थप जबाफदेही बनाउने विश्वास लिइएको छ।

यो पनि पढ्नुहोस: मन्त्रिपरिषद् बैठकका ११ निर्णय: बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो, एनसेल र बीवाईडी नेपालबीच साझेदारी: अब बीवाईडीका विद्युतीय गाडीमा एनसेलको आईओटी सिम, नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त, लिए शपथ, सुनको मूल्यमा उल्लेख्य गिरावट: तोलामा २ हजार ७ सय रुपैयाँले घट्यो, कति छ आजको भाउ?, केवाइसी अद्यावधिकको बहानामा बैंक ठगी गर्ने चार जना साइबर ब्युरोको नियन्त्रणमा, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै, के-के छन् एजेन्डा?, त्रिभुवन विमानस्थलबाट ३९ किलो थाइ गाँजासहित आठ विदेशी नागरिक पक्राउ, काठमाडौँमा प्रहरीको सक्रियता: लागुऔषधसहित एक र चोरी अभियोगमा दुई जना पक्राउ

पर्यटन प्रबन्धनको लागि tarevir.com,
नागरिक जिम्मेवारीको लागि jimmewari.com,
दक्ष सेवाहरूको लागिskillssewa.com
को सुरुवात गरिएको छ, जसले सेवाको सहज व्यापार र सचेतनाका लागि मञ्च प्रदान गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *