सुनको मूल्यमा फेरि भारी वृद्धि: तोलामा ३ हजार ३ सयले बढेर ३ लाख १६ हजार ७ सय पुग्यो

सुनको मूल्य

६ भदौ, काठमाडौं ।

नेपाली सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुन र चाँदीको मूल्यमा उच्च वृद्धि दर्ता भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य वृद्धिसँगै चाँदीको भाउ पनि उकालो लागेको छ। महासंघका अनुसार शुक्रबार चाँदी तोलामा १३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन बिहीबार चाँदी तोलामा २ सय ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ७१ हजार ५ सय २० रुपैयाँ निर्धारण गरिएको छ।

चालू साताभरि नै नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो उतारचढाव देखिएको छ। साताको पहिलो दिन आइतबार तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको सुन सोमबार पुनः १ हजार ६ सय रुपैयाँले बढेको थियो। मङ्गलबार मूल्य स्थिर रहे पनि बुधबार ५ हजार ६ सय रुपैयाँले घटेर ३ लाख ४ हजार १ सय रुपैयाँमा झरेको थियो। तर, बिहीबार एकैदिन ९ हजार ३ सय रुपैयाँको भारी वृद्धि हुँदै सुनको भाउले पुनः तीव्र गति समातेको हो।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धि, वैदेशिक विनिमय दरमा आएको परिवर्तन तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा समेत बहुमूल्य धातुको मूल्यमा लगातार चाप परिरहेको छ। लगातारको वृद्धिले बजारमा आम उपभोक्ताका लागि सुनचाँदी खरिद थप महँगो र चुनौतीपूर्ण बन्दै गएको छ।

यो पनि पढ्नुहोस: महात्मा गान्धीका ऐतिहासिक नोटहरू १ करोड ७० लाख डलरमा लिलाम, इतिहासकै नयाँ कीर्तिमान, गुल्मीमा बाँदर धपाउने क्रममा लडेर ५५ वर्षीया कमला पाण्डेको मृत्यु, महात्मा गान्धीका दुर्लभ हस्तलिखित ‘नोट’ १ करोड ७० लाख डलरमा बिक्री, बागमतीका मुख्यमन्त्री किरण थापाको विश्वासको मत लिने मिति संशोधन, भदौ ८ मा बैठक तय, भृकुटीमण्डप परिसरको व्यवस्थापन सुधार्न मन्त्री सीता बादीको बिहानै छड्के अनुगमन, विभिन्न स्वास्थ्य परिषद्हरूमा नयाँ नेतृत्व चयन: डा. श्रेष्ठ, डा. जोशी, डा. अर्याल र रमेश श्रेष्ठ नियुक्त, स्मार्ट टेलिकम प्रकरण: ८० लाख धरौटी बुझाएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे रिहा, स्वास्थ्य बिमाको बजेट घटाइएको छैन, गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब थपियो: डा. स्वर्णिम वाग्ले

पर्यटन प्रबन्धनको लागि tarevir.com,
नागरिक जिम्मेवारीको लागि jimmewari.com,
दक्ष सेवाहरूको लागिskillssewa.com
को सुरुवात गरिएको छ, जसले सेवाको सहज व्यापार र सचेतनाका लागि मञ्च प्रदान गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Founded by Ramesh Poudel