बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि नुवाकोट प्रस्थान गरे प्रधानमन्त्री बालेन शाह

बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न र राहत तथा उद्धार कार्यलाई तीव्रता दिन प्रधानमन्त्री बालेन शाह नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण तटीय क्षेत्रमा व्यापक क्षति पुगेपछि बाढी प्रभावित बस्तीहरूको प्रत्यक्ष निरीक्षणका लागि उनी त्यसतर्फ लागेका हुन्।

प्रधानमन्त्री शाहको साथमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसमेत निरीक्षण टोलीमा सहभागी रहेका छन्। काठमाडौँबाट बिहान साढे ९ बजे सडकमार्ग हुँदै प्रस्थान गरेको उच्चस्तरीय टोलीले बाढीबाट मुख्य रूपमा प्रभावित बनेको नुवाकोटको विदुर क्षेत्र तथा आसपासका तटीय इलाकाको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ।

भोटेकोशीमा अचानक आएको भीषण बाढीका कारण नदी तटीय क्षेत्रका सर्वसाधारणको धनजनमा ठूलो क्षति पुगेको छ। बाढीका कारण मुख्य राजमार्गका केही खण्डहरू अवरुद्ध हुनुका साथै स्थानीय पूर्वाधार, पुल र घरधुरीमा गम्भीर क्षति पुगेको प्रारम्भिक विवरणहरूले देखाएका छन्। क्षति लगत्तै सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई पूर्ण क्षमताका साथ उद्धारमा खटिन निर्देशन दिइएको थियो।

स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका बासिन्दासँग प्रत्यक्ष कुराकानी गर्दै राहत, पुनस्र्थापना तथा क्षतिपूर्तिको विषयमा छलफल गर्नेछन्। साथै, अवरुद्ध बनेका सडक तथा पूर्वाधारहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक कदम चाल्न मातहतका निकायहरूलाई निर्देशन दिने योजनासमेत रहेको छ।

स्थानीय प्रशासनले उद्धार र राहत वितरणलाई प्राथमिकतमा राखेर काम गरिरहेको जनाएको छ। प्रधानमन्त्रीको यस प्रत्यक्ष भ्रमणले विपद् व्यवस्थापन, उद्धार कार्य र पुनर्निर्माणको प्रक्रियालाई थप व्यवस्थित र दु्रत गतिमा अगाडि बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

थप उपयोगी लिङ्कहरू

यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Founded by Ramesh Poudel