४ कात्तिक, काठमाडौं ।
भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शन गरी टीका ग्रहण गर्ने ऐतिहासिक एवं सांस्कृतिक परम्परा पुनः ब्युँतिएको छ। स्थानीय समुदाय तथा संस्कृति प्रेमीहरूको विशेष सक्रियतामा यस वर्षदेखि धार्मिक तथा सामाजिक महत्त्व बोकेको यो परम्परालाई निरन्तरता दिन थालिएको हो।
यस वर्ष मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्यलाई जीवित देवी कुमारीका रूपमा चयन गरी प्रतिष्ठापित गरिएको छ। विजयादशमीका अवसरमा आदर्शस्थित ऐतिहासिक लायकु दरबारमा कुमारीलाई विराजमान गराई सर्वसाधारणका लागि दर्शन तथा उहाँको पावन हातबाट टीका र जमरा ग्रहण गर्ने विशेष व्यवस्था मिलाइएको थियो।
लोप भइसकेको यस मौलिक परम्परालाई पुनः जागृत गराउन स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य समुदायका साथै संस्कृति संरक्षणकर्मीहरूले सामूहिक पहल गरेका हुन्। वि.सं. २०१eb/२०१९ देखि विभिन्न कारणले स्थगित हुन पुगेको यो ऐतिहासिक प्रथा ६ दशकभन्दा बढी समयपछि पुनः सञ्चालनमा आउँदा स्थानीय बासिन्दाहरूमा उत्साह छाएको छ।
नेवार समुदायको प्राचीन इतिहास र धार्मिक आस्थासँग जोडिएको यस परम्पराले थिमिको सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको छ। कुमारी पूजा र दर्शन परम्पराले स्थानीय धार्मिक धरोहरको संरक्षण गर्नुका साथै सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
टीका र दर्शनका लागि बिहानैदेखि लायकु दरबार परिसरमा दर्शनार्थीहरूको ठूलो घुइँचो लागेको थियो। स्थानीय गुठी र आयोजकहरूले आगामी वर्षहरूमा पनि यस जीवित देवी कुमारीको दर्शन तथा पूजा परम्परालाई नियमित र व्यवस्थित रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com

















Leave a Reply