Latest posts

  • शपथ समारोहमा सिंहदरबारमा भीड, नयाँ सांसदप्रति बढ्यो आकर्षण

    शपथ समारोहमा सिंहदरबारमा भीड, नयाँ सांसदप्रति बढ्यो आकर्षण

    काठमाडौं — प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ कार्यक्रमले आज सिंहदरबार परिसर असामान्य रूपमा व्यस्त देखियो। सामान्यतया शान्त रहने क्षेत्र बिहानैदेखि भीडभाडले भरिएको थियो। शपथ सुरु हुनुभन्दा करिब दुई घन्टा अगावै सांसदहरू, समर्थक, कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थितिले चहलपहल बढेको थियो। फागुन २१ मा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूलाई संसद् सचिवालयले समयभन्दा अघि नै उपस्थित हुन आग्रह गरेको थियो।

    Read more

  • शपथपछि बालेन सर्वोच्चमा, तीन वर्ष पुरानो मुद्दामा तारेख लिए

    शपथपछि बालेन सर्वोच्चमा, तीन वर्ष पुरानो मुद्दामा तारेख लिए

    चैत १२ गते | काठमाडौं — सांसदको शपथ ग्रहण गरेलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह सर्वोच्च अदालत पुगेका छन्। शाहले आफूविरुद्ध दायर अदालत अवहेलना सम्बन्धी मुद्दामा तारेख लिएका हुन्। सो मुद्दा पछिल्ला तीन वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। यो विवाद उच्च अदालत पाटनले सिनेमा हलमा हिन्दी चलचित्र नरोकिने

    Read more

  • २३ मा गोली चलाउँदा कारबाही, २४ मा नचलाउँदा पनि दोष सुरक्षा निकाय अन्योलमा

    २३ मा गोली चलाउँदा कारबाही, २४ मा नचलाउँदा पनि दोष  सुरक्षा निकाय अन्योलमा

    चैत १२, २०८२ | काठमाडौं — जेनजी प्रदर्शनसँग जोडिएको हिंसात्मक घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि सुरक्षा निकायभित्रै गम्भीर असन्तोष देखिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूले प्रतिवेदन तथ्यभन्दा बढी पूर्वाग्रहमा आधारित रहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार भदौ २३ र २४ गतेका

    Read more

  • देउवाको दाबी: ‘घरमा ठूलो रकम थिएन, सामाजिक सञ्जालका विवरण एआईबाट बनाइएका हुन सक्छन्

    देउवाको दाबी: ‘घरमा ठूलो रकम थिएन, सामाजिक सञ्जालका विवरण एआईबाट बनाइएका हुन सक्छन्

    चैत ११, २०८२ | काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा ठूलो परिमाणमा नगद रकम नभएको बताएका छन्। सामाजिक सञ्जालमा फैलिएका विवरणहरू एआईबाट तयार पारिएको हुन सक्ने उनको दाबी छ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी र तोडफोड भएको थियो। सो घटनाका क्रममा देउवा दम्पतिमाथि आक्रमणसमेत

    Read more

  • प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

    ११ चैत, काठमाडौं — प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ दिलाएका हुन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए। उनी ७८ वर्षका छन्। केसीले राष्ट्रपतिबाट शपथ लिएपछि

    Read more

  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

    चैत ११, २०८२ | नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबारदेखि सुरु भइसकेको छ र आज पनि बस्नेछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठकमा समसामयिक विषय, सुशासन स्थापना, संविधान संशोधनको अध्ययन र सुझावका लागि विज्ञसहित समिति गठन, १५औँ महाधिवेशनको कार्यतालिका, र केन्द्रीय निर्वाचन समिति गठनलगायत

    Read more

  • बालेनलाई संसदीय दलको नेता चयन गर्न रास्वपाले बोलायो केन्द्रीय समिति

    बालेनलाई संसदीय दलको नेता चयन गर्न रास्वपाले बोलायो केन्द्रीय समिति

    ९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक चैत १२ गते दिउँसो ४ बजे बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बालेनलाई संसदीय दलको नेता चयन गर्न रास्वपाले बोलायो केन्द्रीय समिति उक्त बैठकमा संसदीय दलको नेतृत्व सम्बन्धी विषय मुख्य एजेन्डा रहने बताइएको छ

    Read more

  • इरान भन्छ- वार्ता भएकै छैन, ट्रम्पको प्रतिक्रिया- एक शीर्ष व्यक्तिसँग भइरहेको छ

    इरान भन्छ- वार्ता भएकै छैन, ट्रम्पको प्रतिक्रिया- एक शीर्ष व्यक्तिसँग भइरहेको छ

    ९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित युद्ध टार्न उच्च तहमा संवाद भइरहेको दाबी गरेका छन् । सोमबार उनले पाँच दिनसम्म आक्रमण नगर्ने र त्यस अवधिमा वार्तामार्फत समाधान खोज्ने प्रयास भइरहेको बताएका हुन् । इरान भन्छ- वार्ता भएकै छैन, ट्रम्पको प्रतिक्रिया- एक शीर्ष व्यक्तिसँग भइरहेको छ तर ट्रम्पको उक्त भनाइलाई इरानका विदेशमन्त्री

    Read more

  • दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

    दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

    ९ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा पितृ शोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन उनको निवास भक्तपुरको गुण्डु पुगेका छन् । शर्मा पार्टीका महामन्त्रीहरू गुरुराज घिमिरे र प्रदीप पौडेलसहितलाई लिएर ओली निवास गुण्डु पुगेका हुन् । केपी ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो

    Read more

  • सूर्यदर्शन सहकारीमा रविविरुद्ध जाहेरी दिने कृष्ण नै सहकारी ठगीमा पक्राउ

    सूर्यदर्शन सहकारीमा रविविरुद्ध जाहेरी दिने कृष्ण नै सहकारी ठगीमा पक्राउ

    ९ चैत, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीमा पीडितका संघर्ष समितिका तर्फबाट आन्दोलनदेखि अदालतसम्म बहस र आन्दोलन गरेका जैसी नै पोखराको धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख

    Read more