Latest posts
-
ऊर्जामन्त्री श्रेष्ठको निर्देशन: इमानदारी र प्रतिबद्धतासहित काम गर्न कर्मचारीलाई आग्रह

१५ चैत्र | काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूसँग बैठक गर्दै समग्र अवस्था, प्रगति, चुनौती र आगामी कार्यदिशाबारे छलफल गरेका छन्। बैठकमा मन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेका आयोजना तथा कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिए। ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको
-
लगानी सहज बनाउन एक महिनाभित्र एकद्वार स्वीकृति प्रणाली लागू गरिने

काठमाडौँ । सरकारले लगानी वातावरण सुधार गर्दै निजी क्षेत्रको विश्वास पुनर्स्थापना र उद्योग प्रवर्द्धनलाई तीव्रता दिन समयसीमासहितका महत्वपूर्ण कार्यक्रम अघि बढाएको छ। शासकीय सुधारसम्बन्धी कार्यसूचीअन्तर्गत बुँदा ५३ देखि ६९ सम्म लगानी, उद्योग र पर्यटन क्षेत्र सुधारमा केन्द्रित योजनाहरू समावेश गरिएको छ। निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न ‘निजी क्षेत्र संरक्षण रणनीति’ लागू गरिने उल्लेख गरिएको छ।
-
सहकारीका बचतकर्ताको रकम फिर्ता १०० दिनभित्र सुरु हुने

१५ चैत | काठमाडौँ । सरकारले सहकारी पीडित बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया आगामी १०० दिनभित्र सुरु गर्ने घोषणा गरेको छ। शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची सार्वजनिक गर्दै सरकारले विशेषगरी साना बचतकर्ताहरूको रकम फिर्तालाई प्राथमिकतामा राखेको हो। लामो समयदेखि सहकारीमा जम्मा गरेको रकम नपाएर पीडित बनेका नागरिकहरूलाई न्याय दिन सरकारले यस समयसीमा तोकेको हो।
-
महेश बस्नेतविरुद्ध कारबाही माग गर्दै शोभा पाठक सरकारी वकिल कार्यालय पुगिन्

१५ चैत | काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालय पुगेकी छन्। आइतबार उनी काठमाडौं प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय पुगेकी हुन्। पाठकले बस्नेतविरुद्ध कारबाहीको माग राख्दै प्रहरी परिसरमा निवेदन समेत दर्ता गराएकी छन्। उनको निवेदनपछि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको जनाइएको छ।
