प्रधानमन्त्री बालेन शाहले विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दै

चैत २५  काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले आज विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गर्दैछ। सरकार गठनपछि विदेशी प्रतिनिधिहरूसँग यस्तो सामूहिक संवाद पहिलोपटक हुन लागेको हो। आज मध्याह्न १२ बजेपछि हुने छलफलमा शिशिर खनाल समेत सहभागी हुनेछन्। परराष्ट्र मन्त्रालयका अनुसार छलफलको उद्देश्य नेपालको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भारत, चीन, अमेरिका, जापान र बेलायतलगायत एक दर्जनभन्दा बढी देशका राजदूतहरूलाई प्रधानमन्त्री कार्यालयमा आमन्त्रण गरिएको छ। गत चैत १३ गते पद सम्हालेका प्रधानमन्त्री शाहले हालसम्म विदेशी प्रतिनिधिसँग व्यक्तिगत भेट गरेका छैनन्, जबकि विगतमा नयाँ प्रधानमन्त्रीहरूले छुट्टाछुट्टै भेट गर्ने अभ्यास रहँदै आएको थियो।

प्रधानमन्त्री बालेन शाहले विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दै ।आज मध्याह्न १२ बजेपछि हुने छलफलमा शिशिर खनाल समेत सहभागी हुनेछन्

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार यसपटक कूटनीतिक अभ्यासमा परिवर्तन गर्दै सामूहिक छलफलको माध्यमबाट नयाँ मापदण्ड स्थापित गर्न खोजिएको हो। उनले विगतमा देखिएको अत्यधिक पहुँच र अनौपचारिक भेटघाटको अभ्यासलाई अन्त्य गर्ने संकेत पनि दिएका छन्। यस सामूहिक संवादले नेपालको कूटनीतिक सम्बन्धलाई थप व्यवस्थित र मर्यादित बनाउने अपेक्षा गरिएको छ।


 यो पनि पढ्नुहोस : नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट,       आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य.,    काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा ,  काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ ,  ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्