ढोका थुनेर म्युजिक बजाउँदै कुटपिट: वीरगञ्जमा युवकको हत्या, ४ जना पक्राउ

३० चैत, वीरगञ्ज।वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा एक युवकको हत्या भएको घटना सार्वजनिक भएको छ। मुर्ली क्षेत्रमा बसोबास गर्दै आएका २८ वर्षीय विकास चौरसियाको आइतबार कुटपिटपछि मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ भने अनुसन्धानका लागि घरबेटीलाई पनि नियन्त्रणमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेहरूमा एक महिला र तीन पुरुष रहेका छन्। घटनाको प्रकृति संवेदनशील भएकाले उनीहरूको परिचय गोप्य राखिएको छ। स्थानीयका अनुसार दिउँसोदेखि नै उक्त घरमा अपरिचित व्यक्तिहरूको आवतजावत बढेको थियो। साँझतिर चर्को आवाजमा म्युजिक बजाउँदै एक युवकलाई सामूहिक रूपमा कुटपिट गरिएको बताइएको छ।

ढोका थुनेर म्युजिक बजाउँदै कुटपिट: वीरगञ्जमा युवकको हत्या, ४ जना पक्राउ

छेउको घरमा रहेका एक बालकले बरण्डाबाट हेर्दा केही व्यक्तिहरू मिलेर कुटपिट गरिरहेको देखेपछि टोलमा हल्ला फैलिएको थियो। तर, घरको ढोका भित्रबाट बन्द गरिएकाले स्थानीयले तत्काल उद्धार गर्न सकेनन्। स्थानीयले पटक–पटक आग्रह गर्दा पनि ढोका नखुलेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी पुगेपछि मात्रै ढोका खोलिएको र त्यसपछि संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। केही व्यक्ति भाग्ने प्रयास गरे पनि स्थानीय युवाहरूको सहयोगमा उनीहरूलाई लखेटेर पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


यो पनि पढ्नुहोस:प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे सैद्धान्तिक संकेत,     सर्वोच्चको आदेशपछि ओली र लेखक हिरासतमुक्त, अनुसन्धान भने जारी,  इरान अमेरिका वार्ता असफल भएपछि डोनाल्ड ट्रम्प भन्छन् – चिन्तित छैन,   पाकिस्तानको मध्यस्थतामा इरान–अमेरिका १५ घण्टादेखि प्रत्यक्ष वार्ता, एकै दिन ५१ फर्ममा अनुगमन, बजारमा कडाइ बढायो विभागले     कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते,  पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त   फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


2 responses to “ढोका थुनेर म्युजिक बजाउँदै कुटपिट: वीरगञ्जमा युवकको हत्या, ४ जना पक्राउ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्