चैत २४ काठमाडौं । सरकारी कार्यालयहरूमा बिचौलियामाथि कडाइ सुरु भएपछि डिजिटल वालेट सेवा प्रदायक खल्ती र ईसेवा ले ब्लुबुक रिन्यु सेवा अस्थायी रूपमा ब्लुबुक रिन्यु सेवा रोकियो। दुवै कम्पनीले सूचना जारी गर्दै हालका लागि यो सेवा उपलब्ध नगराइने बताएका छन्। पछिल्ला वर्षहरूमा यी प्लेटफर्महरूले सवारी साधनको ब्लुबुक नवीकरणसँगै ‘होम पिकअप र ड्रप’ सुविधा समेत प्रदान गर्दै आएका थिए, जसले प्रयोगकर्तामाझ राम्रो लोकप्रियता पाएको थियो। तर, पछिल्लो समय बिचौलियामाथि भइरहेको कारबाही र नीतिगत अस्पष्टताका कारण सेवा निरन्तरता दिन समस्या भएको कम्पनीहरूको भनाइ छ।
बिचौलियामाथि कडाइ सुरु खल्ती र ईसेवाको ब्लुबुक रिन्यु सेवा रोकियो:
एक डिजिटल वालेट प्रतिनिधिका अनुसार, यो सेवा प्रयोगकर्तालाई सहजता दिन सुरु गरिएको भए पनि स्पष्ट नियम नहुँदा कर्मचारीहरू जोखिममा पर्ने अवस्था सिर्जना भएको छ। उनले भने, “हामीले सेवा सहजीकरणका लागि काम गरेका हौँ, तर अहिलेको परिस्थितिमा ‘बिचौलिया’ र सेवा प्रदायकबीचको भिन्नता स्पष्ट छैन। त्यसैले स्पष्ट नीति नआएसम्म सेवा स्थगित गरिएको हो।” कम्पनीहरूले सरकारसँग स्पष्ट मार्गदर्शन आएपछि सेवा पुनः सुरु गर्ने संकेत दिएका छन्।
यो पनि पढ्नुहोस : नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट, आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य., काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा , काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ , ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

