३० चैत, काठमाडौं | दक्षिणकाली क्षेत्रमा भएको भीषण कार दुर्घटनामा एक जनाको ज्यान गएको छ। रातिको समयमा सडकबाट ५०० मिटर तल खसेको कारका चालकको घटनास्थलमै मृत्यु भएको हो।
काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।दक्षिणकाली नगरपालिका–८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको ज्यान गएको प्रहरीले जनाएको छ। मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति करिब सवा १० बजे सडकबाट करिब ५०० मिटर तल खसेको हो।
दुर्घटनामा कारका चालक काठमाडौं महानगरपालिका–७ का ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
यो पनि पढ्नुहोस:प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे सैद्धान्तिक संकेत, सर्वोच्चको आदेशपछि ओली र लेखक हिरासतमुक्त, अनुसन्धान भने जारी, इरान अमेरिका वार्ता असफल भएपछि डोनाल्ड ट्रम्प भन्छन् – चिन्तित छैन, पाकिस्तानको मध्यस्थतामा इरान–अमेरिका १५ घण्टादेखि प्रत्यक्ष वार्ता, एकै दिन ५१ फर्ममा अनुगमन, बजारमा कडाइ बढायो विभागले कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते, पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply