२३ चैत, काठमाडौं । ले सूचना प्रविधि (आईटी) सेवा खरिदलाई सहज बनाउन नयाँ व्यवस्था लागू गरेको छ। २२ चैत, नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले आईटी सेवासँग सम्बन्धित भुक्तानीका लागि डलर कार्ड जारी गर्न सक्ने भएका छन्।
नयाँ व्यवस्थाअनुसार सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रसारणमा आधारित उद्योगहरूले अनलाइनमार्फत सफ्टवेयर लगायत आईटी सेवाहरू खरिद गर्न वार्षिक अधिकतम ३ हजार अमेरिकी डलरसम्मको डलर कार्ड प्रयोग गर्न पाउनेछन्। केन्द्रीय बैंकले जनाएको छ कि सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यवसायहरूको हकमा यो सीमा बढाएर अधिकतम ५ हजार अमेरिकी डलरसम्म पुर्याउन सकिनेछ। त्यसैगरी, विदेशी भिसा प्रयोजनका लागि आवश्यक धरौटी रकम भुक्तानी गर्न पनि ‘क’ वर्गका बैंक तथा राष्ट्रिय स्तरका ‘ख’ वर्गका विकास बैंकहरूले इलेक्ट्रोनिक कार्डमार्फत सटही सुविधा उपलब्ध गराउन सक्नेछन्। यसका लागि सम्बन्धित देशको भिसा दिने निकायबाट धरौटी आवश्यक भएको प्रमाणित कागजात अनिवार्य हुने व्यवस्था गरिएको छ।
५ हजार डलरभन्दा बढी विदेशी मुद्रा माग गर्ने आवेदकले स्थायी लेखा नम्बर (PAN) पेश गर्नुपर्नेछ। अनलाइनमार्फत विदेशी मुद्रा आर्जन गर्ने नेपालीहरूले आईटी सेवासम्बन्धी खरिदका लागि वार्षिक २५ हजार डलरसम्म भुक्तानी गर्न सक्नेछन् भने आईटी उद्योग वा व्यवसायले यस्तो प्रयोजनका लागि १ लाख डलरसम्म विदेशी मुद्रा खर्च गर्न पाउनेछन्। यसका साथै, परिवर्त्य विदेशी मुद्रामा लिएको ऋणलाई विशेष परिस्थितिमा नेपाली रुपैयाँमा रूपान्तरण गर्न सकिने व्यवस्था पनि गरिएको छ। तर, यस्तो अवस्थामा ऋण भुक्तानी अवधि बढाउन पाइने छैन र ब्याजदर सम्बन्धित पक्षबीचको सहमतिमा निर्धारण गर्नुपर्नेछ। नेपाल राष्ट्र बैंकको यो निर्णयले विशेषगरी आईटी क्षेत्रमा काम गर्ने फ्रीलान्सर, स्टार्टअप र डिजिटल व्यवसायलाई अन्तर्राष्ट्रिय सेवाहरू खरिद गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ।
५ हजार डलरभन्दा बढी विदेशी मुद्रा माग गर्ने आवेदकले स्थायी लेखा नम्बर (PAN) पेश गर्नुपर्नेछ । ३ हजार डलरसम्म डलर कार्ड आवेदकले पेश गर्नु नपर्ने
सहकारी पीडितको रकम फिर्ता गर्नेबारे मन्त्रिपरिषद्मा छलफल , गुल्मीमा बोलेरो दुर्घटना : दुईको मृत्यु, ११ जना घाइते, फेवाताल किनारमा गृहमन्त्री सुधन गुरूङको २० रोपनी जग्गा, दूषित दर्ता भएकाले मुआब्जा नपाउने , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

