२५ चैत, काठमाडौँ । सामाजिक सञ्जालमार्फत ‘काण्डको लिङ्क कमेन्टमा’ भन्दै एक युवतीको चरित्रहत्या गर्ने घटनामा संलग्न एक विद्यार्थीलाई अदालतले दोषी ठहर गरेको छ। गत माघ महिनामा राजधानीमा बस्दै आएकी एक युवती (परिवर्तित नाम) ले सामाजिक सञ्जाल चलाउँदै गर्दा आफ्नै फोटो दुरुपयोग गरिएको पत्ता लगाएकी थिइन्। ती फोटोहरूमा अश्लील सन्दर्भ जोडेर “काण्ड” भन्ने शब्द प्रयोग गरी भ्रामक क्याप्सन राखिएको थियो, जसले उनको प्रतिष्ठामाथि गम्भीर असर पारेको थियो।
पीडितले उक्त कार्यविरुद्ध साइबर ब्युरोमा निवेदन दिएपछि अनुसन्धान सुरु भएको थियो। अनुसन्धानका क्रममा ती अकाउन्टहरूबाट युवतीहरूको फोटो प्रयोग गरी अश्लील सन्देशसहित पोस्ट गर्ने र कमेन्टमा बाह्य लिंक राख्ने गरिएको खुलेको थियो।
प्राविधिक विश्लेषण र आईपी ट्र्याकिङमार्फत प्रहरीले संलग्न व्यक्तिको पहिचान गर्दै कैलाली घर भई हाल नयाँबजार बस्दै आएका २३ वर्षीय तपेन्द्र विष्टलाई पक्राउ गरेको थियो। उनी अमृत साइन्स कलेज (अस्कल) का विद्यार्थी रहेको खुलेको छ। अनुसन्धानका क्रममा विष्टले सामाजिक सञ्जालमा भ्युज बढाएर आर्थिक लाभ लिन यस्तो कार्य गरेको स्वीकार गरेका छन्। उनले विभिन्न प्लेटफर्मबाट सामग्री डाउनलोड गरी फेक आईडीमार्फत पोस्ट गर्दै आएका थिए।
फेसबुकमा ‘काण्ड’ भन्दै युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी अदालतबाट दोषी ठहर। साइबर अपराधमा कडा कारबाही।
जिल्ला सरकारी वकिल कार्यालयले विष्टविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरेको थियो। उक्त ऐन अनुसार पाँच वर्षसम्म कैद, एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। सोमबार भएको पूरक पेशीमा अदालतले विष्टलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको छ। साथै, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय पनि अदालतमा विचाराधीन रहेको छ। यो घटनाले सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको प्रतिष्ठामाथि प्रहार गर्ने प्रवृत्तिविरुद्ध कडा सन्देश दिएको छ।
यो पनि पढ्नुहोस: बढ्यो गाडीभाडा अन्तरप्रदेशीय यात्रामा नयाँ दर लागू,कुन गन्तव्य कति महँगो? बलात्कार मुद्दाका कैदी फरारपछि पुनः पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए ट्रम्पको चेतावनी गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट, आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य., काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा , काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ , ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply