२२ चैत गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका–४, मिसुका क्षेत्रमा बोलेरो पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको जिप अचानक ब्रेक फेल भएपछि स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेमा गुल्मीदरबार–४ की ३५ वर्षीय कृष्णा ढेंगा र ४० वर्षीय मीना सनामी रहेका छन्। घाइतेहरूलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गा पुर्याएर उपचार सुरु गरिएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेहरूमा जमुना ढेंगा, सुमित्रा ढेंगा, पार्वती ढेंगा, पम्फा ढेंगा, कुमारी पुन ढेंगा र मिना सनामी रहेका छन्। बाँकी पाँचजनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ। प्रहरीले दुर्घटनाका कारणहरूको अनुसन्धान अघि बढाएको छ। दुर्घटना स्थलमा स्थानीय समुदाय र सुरक्षा निकायको सहकार्यमा उद्धार कार्य चलाइएको थियो।
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

