३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी

२२ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरूङ ले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै ‘हत्कडी लगाइएको’ जस्तो अवस्था सिर्जना गरिएको टिप्पणी गरेका छन्। गृहमन्त्री बनेयता आक्रामक रूपमा सुरक्षा सुधार अभियान अघि बढाइरहेका उनले सामाजिक सञ्जाल Facebook मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उनले प्रहरी प्रशासनलाई लामो समयसम्म दलीय प्रभावमा राखिएको र स्वतन्त्र रूपमा काम गर्न नदिएको संकेत गरेका छन्। “३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ,” उनले लेखेका छन्। गृहमन्त्री गुरूङले पद सम्हालेपछि कानुनी कारबाहीलाई तीव्र बनाइएको छ। विशेषगरी काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी र नियन्त्रण बढाइएको छ। गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयनमा आएपछि प्रहरी प्रशासन अझ सक्रिय बनेको छ। यसको प्रभावस्वरूप गुण्डागर्दी र अवैध गतिविधि नियन्त्रणका लागि व्यापक अभियान सञ्चालन भइरहेको छ।

Other Articles:

How to Control Your Anger – 7 Life-Saving Strategies That Work

Gas Can Save Your Life — or Take It: How to Stay Safe from Gas Leaks at Home

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी


यो पनि पढ्नुहोस्