इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको चेतावनी, युद्ध फेरि चर्किने संकेत

२९ चैत | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नदिन चीनलाई चेतावनी दिएका छन्। अमेरिकी खुफिया संस्थाको हवाला दिँदै केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले चीनले इरानलाई ‘एयर डिफेन्स’ प्रणालीसँग सम्बन्धित हतियार पठाउने तयारी गरेको दाबी गरेका छन्। रिपोर्टका अनुसार काँधबाट प्रहार गर्न सकिने रकेटसहितका हतियार केही हप्ताभित्र इरान पुग्ने सम्भावना रहेको बताइएको छ।

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको चेतावनी, हामीलाई इरानबाट स्पष्ट र ठोस प्रतिबद्धता चाहिन्छ

यस विषयमा CNN ले सोधेको प्रश्नमा ट्रम्पले प्रतिक्रिया दिँदै भने, “यदि चीनले त्यसो गर्न लागेको हो भने चीनका लागि ठूलो समस्या हुनेछ।” यसअघि अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त आक्रमण गरेका थिए। त्यसपछि अमेरिका र इरानबीच केही समयका लागि युद्धविराम भएको थियो।

तर, पाकिस्तानमा भएको पछिल्लो वार्ता निष्कर्षविहीन बनेको छ। अमेरिकी उपराष्ट्रपति JD Vance ले शनिबार दिउँसोदेखि आइतबार बिहानसम्म चलेको वार्ता असफल भएको जानकारी दिएका छन्। उनका अनुसार इरानले अमेरिकी प्रस्ताव अस्वीकार गरेको छ। “उनीहरू हाम्रो सर्त मान्न तयार देखिएनन्,” उनले भने। साथै वार्ताका सर्तहरू तत्काल सार्वजनिक नगरिने पनि उनले बताएका छन्।

अमेरिकाले इरानबाट परमाणु हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता चाहेको जनाएको छ। तर इरानले भने अमेरिकाले अत्यधिक कडा र अव्यावहारिक माग राखेको आरोप लगाएको छ। दुई देशबीच तनाव पुनः बढ्दै गएको अवस्थामा युद्ध फेरि सुरु हुन सक्ने जोखिम देखिएको छ। यस्तो अवस्थामा इरानले रक्षात्मक हतियारको आवश्यकता महसुस गरिरहेको विश्लेषण गरिएको छ, जसका कारण चीनको सम्भावित भूमिका थप चासोको विषय बनेको छ।


यो पनि पढ्नुहोस:प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे सैद्धान्तिक संकेत,     सर्वोच्चको आदेशपछि ओली र लेखक हिरासतमुक्त, अनुसन्धान भने जारी,  इरान अमेरिका वार्ता असफल भएपछि डोनाल्ड ट्रम्प भन्छन् – चिन्तित छैन,   पाकिस्तानको मध्यस्थतामा इरान–अमेरिका १५ घण्टादेखि प्रत्यक्ष वार्ता, एकै दिन ५१ फर्ममा अनुगमन, बजारमा कडाइ बढायो विभागले     कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते,  पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त   फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्