२६ चैत, लेबनान । इजरायल ले लेबनानमा हालसम्मकै सबैभन्दा ठूलो हवाई हमला गर्दा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ। बुधबार भएको आक्रमणमा २५४ जनाको मृत्यु र १ हजार १०० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्स ले जनाएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १८२ जनाको मृत्यु पुष्टि भए पनि मृतक संख्या अझ बढ्न सक्ने बताइएको छ। राजधानी बेरुत सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ मात्रै ९१ जनाको ज्यान गएको छ। बुधबार दिउँसो लगातार पाँच पटक ठूला विस्फोट हुँदा आकाशमा धुवाँका बाक्ला मुस्लाहरू देखिएका थिए।
इजरायली सेनाका अनुसार १० मिनेटभित्र बेरुत, बेका उपत्यका र दक्षिणी लेबनानका १०० भन्दा बढी सैन्य संरचना तथा कमाण्ड केन्द्रलाई लक्षित गर्दै समन्वित आक्रमण गरिएको थियो। यसैबीच हिज्बुल्लाह ले युद्धविराम उल्लंघन भएको आरोप लगाउँदै उत्तरी इजरायलको मनारा क्षेत्रमा रकेट आक्रमण गरेको जनाएको छ। समूहले ‘आक्रमण नरोकिनेसम्म प्रतिकार जारी रहने’ चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्क ले घटनालाई “भयावह र अविश्वसनीय” भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
लेबनानमा इजरायलको घातक हवाई हमला, २५० भन्दा बढीको मृत्यु
युद्धविराम प्रयास संकटमा
घटनापछि क्षेत्रीय युद्धविराम प्रयास थप जटिल बनेको छ। अमेरिका र इरान बीच सुरु भएको अस्थायी युद्धविराममा समेत असर पर्ने देखिएको छ। इरानी राष्ट्रपति मसूद पेज़ेशकियन ले लेबनानमा शान्ति कायम हुनु नै सहमतिको मुख्य आधार भएको बताएका छन्।
उद्धार कार्य कठिन
आक्रमणपछि उद्धार कार्य अत्यन्तै चुनौतीपूर्ण बनेको छ। एम्बुलेन्सको अभावका कारण घाइतेलाई मोटरसाइकलमार्फत अस्पताल पुर्याइएको दृश्य देखिएको छ। बेरुतका अस्पतालहरूले रगत अभाव भएको भन्दै सर्वसाधारणसँग सहयोगको अपिल गरेका छन्। धेरै भवनहरू ध्वस्त भएका छन् भने उद्धारकर्मीहरूले भग्नावशेषबाट मानिसहरू निकाल्ने प्रयास जारी राखेका छन्। यस घटनाले मध्यपूर्वमा जारी द्वन्द्वलाई अझ गम्भीर बनाएको छ र आगामी दिनमा थप तनाव बढ्ने संकेत देखिएको छ।
यो पनि पढ्नुहोस:फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, बढ्यो गाडीभाडा अन्तरप्रदेशीय यात्रामा नयाँ दर लागू,कुन गन्तव्य कति महँगो? बलात्कार मुद्दाका कैदी फरारपछि पुनः पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए ट्रम्पको चेतावनी गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट, आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य., काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा , काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ , ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply