पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी भयो, प्रमाण नपुगेपछि रिहा भएँ : केपी शर्मा ओली

२६ चैत  काठमाडौं । केपी शर्मा ओलीले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटिएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा पक्राउ गरेको दाबी गरेका छन्। उनले लेखेका छन्, “सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।” ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, राजनीतिक दलका नेता, सञ्चारकर्मी तथा न्यायकर्मीहरूको समर्थनप्रति धन्यवाद दिएका छन्। साथै, उनले सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गरेका छन्।

१३ दिनपछि प्रमाण नपुगेपछि रिहा भएँ : केपी शर्मा ओली

प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गरिएको भन्दै उनले प्रहरी प्रशासन र स्वास्थ्यकर्मीहरूप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्। हाल उनी स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका छन्। ओलीले केही दिन अझै अस्पतालमै बसेर उपचार गराउने जानकारी दिएका छन्। साथै, आफ्नो रिहाइको माग गर्दै प्रदर्शन गर्ने क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले घाइतेहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताएका छन् र राज्य उदासीन भए आफ्नो पार्टीले उपचार खर्च बेहोर्ने समेत उल्लेख गरेका छन्।


यो पनि पढ्नुहोस:पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त   फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, बढ्यो गाडीभाडा अन्तरप्रदेशीय यात्रामा नयाँ दर लागू,कुन गन्तव्य कति महँगो? बलात्कार मुद्दाका कैदी फरारपछि पुनः पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए   ट्रम्पको चेतावनी गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने   नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट,       आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य.,    काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा ,  काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ ,  ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्