२६ चैत काठमाडौं । रिहा भए केपी शर्मा ओली , ओली लाई प्रहरीले १३ दिनपछि रिहा गरेको छ। उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी पवन कुमार भट्टराईले दिएका छन्। प्रहरीका अनुसार ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनलाई त्रिवि शिक्षण अस्पताल मै परिवारको जिम्मा लगाइएको हो। अब उनको थप उपचार र अवस्था अनुसार चिकित्सकले निर्णय गर्ने बताइएको छ।
१३ दिनपछि रिहा भए केपी शर्मा ओली
ओलीलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। उनीमाथि जेनजी आन्दोलनमा दमन गरेको आरोपमा अनुसन्धान भइरहेको थियो। पक्राउपछि उनको स्वास्थ्य जटिल बनेपछि अस्पतालमा राखिएको थियो। त्यसपछि ओलीकी पत्नी राधिका शाक्यले गैरकानूनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। सर्वोच्च अदालत नेपाल ले चैत २३ गते बेलुका अनुसन्धान चैत २६ भित्र टुंग्याउन आदेश दिएको थियो। सर्वोच्च अदालतले समयमै अनुसन्धान नसकिए शर्तसहित रिहा गर्न निर्देशन दिएपछि प्रहरीले ओलीलाई नियन्त्रणमुक्त गरेको हो। यसैबीच, पूर्व गृहमन्त्री रमेश लेखक लाई पनि रिहा गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। उनलाई हाल महाराजगन्जस्थित प्रहरी गणमा राखिएको छ।
यो पनि पढ्नुहोस:पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, बढ्यो गाडीभाडा अन्तरप्रदेशीय यात्रामा नयाँ दर लागू,कुन गन्तव्य कति महँगो? बलात्कार मुद्दाका कैदी फरारपछि पुनः पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए ट्रम्पको चेतावनी गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट, आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य., काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा , काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ , ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply