२७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (NEPSE) शुक्रबार १३.४६ अंकले घटेर २८३७ अंकमा कायम भएको छ। आइतबार सार्वजनिक बिदा हुने भएसँगै शुक्रबार सेयर कारोबार हुन थालेको छ। अघिल्लो दिन ९ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ८ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ। कुल ५६ कम्पनीको शेयर मूल्य बढ्दा २०९ कम्पनीको घटेको छ भने ३ कम्पनी स्थिर रहेका छन्। समग्र बजार घटेपनि उत्पादन तथा प्रशोधन समूहले भने उत्कृष्ट प्रदर्शन गर्दै १.५९ प्रतिशत (१८२ अंक) वृद्धि हासिल गरेको छ। यससँगै यो समूहको सूचक हालसम्मकै उच्च ११,६४२ अंक पुगेको छ।
NEPSE Today Update Nepal, २७ चैत नेप्से १३ अंकले घटेर, २८३७ अंकमा कायम भएको छ
हाइड्रोपावर समूहमा सामान्य ०.०८ प्रतिशत वृद्धि देखिएको छ भने अन्य सबै समूहमा गिरावट आएको छ। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, बीमा, माइक्रोफाइनान्स लगायत अधिकांश सूचक घटेका छन्। आज ७ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। पाल्पा सिमेन्ट, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, शिखर पावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक प्रमुख लाभमा रहेका छन्। त्यस्तै, माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.०४ प्रतिशतले घटेको छ। कारोबारका आधारमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनी अगाडि रहेका छन्।
यो पनि पढ्नुहोस:एकै दिन ५१ फर्ममा अनुगमन, बजारमा कडाइ बढायो विभागले कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते, पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, बढ्यो गाडीभाडा अन्तरप्रदेशीय यात्रामा नयाँ दर लागू,कुन गन्तव्य कति महँगो? बलात्कार मुद्दाका कैदी फरारपछि पुनः पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए ट्रम्पको चेतावनी गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट, आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य., काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा , काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ , ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply