२३ चैत, वीरगञ्ज । सरकारी कार्यालयहरूमा बिचौलियामाथि भइरहेको धरपकडको विरोध गर्दै पर्साका लेखापढी व्यवसायीहरूले जिल्लाभर अनिश्चितकालीन हड्ताल सुरु गरेका छन्। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा आजदेखि मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले कामकाज पूर्ण रूपमा ठप्प पारेका हुन्।
एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादव का अनुसार पछिल्लो समय बिचौलियाको आरोपमा भइरहेको पक्राउ तथा कारबाहीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरिएको हो। विशेषगरी पोखरिया मालपोत कार्यालयबाट तीन जना पक्राउ परेपछि व्यवसायीहरू थप आक्रोशित भएका छन्। एसोसिएसनका अनुसार पर्सा जिल्लामा हाल १ सय २१ वटा भू-सेवा केन्द्र र ४ सयभन्दा बढी लेखापढी व्यवसायी सक्रिय छन्। हड्तालका कारण सेवाग्राहीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने सरकारी कार्यालयहरूको दैनिक कामकाजसमेत प्रभावित बनेको छ।
व्यवसायीहरूले कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका भू-सेवा केन्द्र र लेखापढी पेशामाथि अन्यायपूर्ण रूपमा कारबाही गरिएको आरोप लगाएका छन्। पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै उनीहरूले सरकार र प्रहरी प्रशासनको कदमप्रति कडा आपत्ति जनाएका छन्।
८३ अंकले उकालो लाग्यो सेयर बजार, हाइड्रोपावर क्षेत्रमा उच्च वृद्धि , आईटी सेवा खरिदका लागि ३ हजार डलरसम्म डलर कार्ड व्यवस्था, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

