२७ चैत, काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुन वृद्धि गरेको छ। निगमले शुक्रबार (चैत २७) बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २५ रुपैयाँ बढाइएको छ। खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य थपिएको छ।
पदार्थको मूल्य पुन वृद्धि पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ
मूल्य समायोजनपछि पेट्रोलको मूल्य पहिलो वर्गमा २१६.५० रुपैयाँ, दोस्रो वर्गमा २१८ रुपैयाँ र तेस्रो वर्गमा २१९ रुपैयाँ पुगेको छ। त्यस्तै, डिजेल तथा मट्टीतेल पहिलो वर्गमा २०४.५० रुपैयाँ, दोस्रो वर्गमा २०६ रुपैयाँ र तेस्रो वर्गमा २०७ रुपैयाँ प्रतिलिटर कायम भएको छ। निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ। सुर्खेत र दाङ दोस्रो वर्गमा छन् भने काठमाडौं, पोखरा र दीपायल डिपो तेस्रो वर्गमा परेका छन्।
त्यसैगरी, १४.२ केजीको एलपी ग्यास सिलिन्डरको मूल्य २,०१० रुपैयाँ र ७.१ केजीको सिलिन्डरको मूल्य १,००५ रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिकतर्फ) मा पनि प्रतिलिटर ६ रुपैयाँ वृद्धि भई २५७ रुपैयाँ पुगेको निगमले जनाएको छ। निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा समय–समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको बताएको छ।
यो पनि पढ्नुहोस:एकै दिन ५१ फर्ममा अनुगमन, बजारमा कडाइ बढायो विभागले कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते, पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, बढ्यो गाडीभाडा अन्तरप्रदेशीय यात्रामा नयाँ दर लागू,कुन गन्तव्य कति महँगो? बलात्कार मुद्दाका कैदी फरारपछि पुनः पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए ट्रम्पको चेतावनी गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट, आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य., काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा , काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ , ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply