प्रतिनिधि सभामा तीन महत्वपूर्ण विधेयक टेबुल, अर्को बैठक चैत २५ गते

 २४ चैत काठमाडौं । प्रतिनिधि सभा मा राष्ट्रियसभाबाट प्राप्त तीनवटा महत्वपूर्ण विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ। आज बसेको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी सन्देश प्रस्तुत गरेका हुन्। यी विधेयकहरू राष्ट्रियसभाबाट पारित भई प्रतिनिधि सभामा पुगेका हुन्, जसले अबको संसदीय प्रक्रियामा थप छलफल र निर्णयको बाटो खोल्नेछ।

प्रतिनिधि सभामा अर्को बैठक भने चैत २५ गते दिउँसो १ बजे बस्ने तय गरिएको छ।

 यो पनि पढ्नुहोस : नयाँ बानेश्वरबाट ३० लाख नगदसहित क्रिप्टो र हुण्डी कारोबारी पक्राउ,       आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य.,    काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा ,  काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ ,  ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


यो पनि पढ्नुहोस्