पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त

२६ चैत काठमाडौँ । पक्राउ परेको १३ औँ दिनमा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार लेखकलाई उनकी पत्नी यशोदा लेखकको जिम्मामा छोडिएको हो। प्रहरीले अनुसन्धानका क्रममा आवश्यक पर्दा उपस्थित हुने शर्तमा उनलाई हिरासत मुक्त गरिएको जनाएको छ। चैत १४ गतेदेखि गणमा राखिएका लेखक आज त्यहाँबाट बाहिरिएका हुन्। यसअघि मन्त्रिपरिषद्ले भदौ २३ र २४ का घटनासम्बन्धी गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि लेखकलाई भक्तपुरबाट पक्राउ गरिएको थियो। प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रक्रिया जारी रहेकाले आवश्यक परे उनलाई पुनः बोलाइनेछ। यस घटनाले पछिल्लो समय राजनीतिक तथा प्रशासनिक क्षेत्रमा चासो बढाएको छ।

पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक


यो पनि पढ्नुहोस:फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, बढ्यो गाडीभाडा अन्तरप्रदेशीय यात्रामा नयाँ दर लागू,कुन गन्तव्य कति महँगो? बलात्कार मुद्दाका कैदी फरारपछि पुनः पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए   ट्रम्पको चेतावनी गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने   नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट,       आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य.,    काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा ,  काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ ,  ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


3 responses to “पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्