बलात्कार मुद्दाका कैदी फरारपछि पुनः पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए

चैत २५  काठमाडौं | बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका अवस्थामा कारागारबाट फरार भएका एक युवक स्कुटर चोरी प्रकरणमा पुनः पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङको तुवाचुङ जन्तरखानी नगरपालिका–१० घर भएका ३१ वर्षीय उमेश पुरी रहेका छन्। उनलाई काठमाडौँको तीनकुने क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त थिमी पठाइएको Kathmandu Valley Crime Investigation Office का एसपी मनोहर भट्टले जानकारी दिएका छन्।

प्रहरीका अनुसार पुरी २०८२ साउन १९ गते बलात्कार मुद्दामा जेल परेका थिए। त्यसपछि भदौ २४ गते Dillibazar Prison बाट फरार भएका थिए। चैत २ गते उनले अनलाइनमार्फत बिक्रीमा राखिएको स्कुटर किन्ने बहानामा बोलाएर ‘टेस्ट ड्राइभ’ गर्ने भन्दै बागमती प्रदेश–०२–०४३ प ५३७६ नम्बरको स्कुटर लिएर फरार भएका थिए।

बलात्कार मुद्दाका कैदी फरारपछि चौथोपटक पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए

उपत्यका अपराध अनुसन्धान कार्यालय थिमी शाखाको टोलीले चैत २२ गते तीनकुनेबाट उनलाई पक्राउ गरेको हो। प्रहरीले चोरी भएको स्कुटर पनि बरामद गरेको जनाएको छ। यसअघि पनि उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको रेकर्डमा देखिएको छ। २०७७ सालमा बहुविवाह मुद्दा र २०७३ सालमा चोरी मुद्दामा समेत पक्राउ परेका उनी हाल चौथोपटक चोरीसम्बन्धी कसुरमा पक्राउ परेका हुन्। हाल उनलाई प्रहरी वृत्त थिमीले अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।


यो पनि पढ्नुहोस :ट्रम्पको चेतावनी गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने   नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट,       आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य.,    काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा ,  काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ ,  ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्