नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट

चैत २४ काठमाडौं । नयाँ सरकार गठन भएसँगै स्मार्ट लाइसेन्स छपाइ कार्य तीव्र रूपमा अघि बढाइएको छ। पछिल्ला १० दिनमै करिब १ लाख ६२ हजार थान लाइसेन्स प्रिन्ट गरिएको छ। सुरक्षण मुद्रण केन्द्र ले ‘बल्क’ प्रणालीमा लाइसेन्स छपाइ सुरु गरेको हो। केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हालसम्म यातायात व्यवस्था विभाग बाट करिब तीन लाख लाइसेन्सको डेटा प्राप्त भइसकेको छ।

केन्द्रले केही दिनअघि ९४ हजार लाइसेन्स प्रिन्ट गरी पठाइसकेको छ भने थप ६८ हजार लाइसेन्स पठाउने तयारी भइरहेको छ। यसअघि कच्चा पदार्थ अभाव र डेटा व्यवस्थापनको समस्या कारण छपाइ ढिला भइरहेको थियो। अहिले भने ती समस्या समाधान हुँदै गएपछि कामले गति लिएको छ। गत कात्तिकमा केन्द्र र विभागबीच ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो। हाल सो लक्ष्य अनुसार काम अघि बढिरहेको छ। यसका साथै थप करिब १७ लाख लाइसेन्स छपाइका लागि नयाँ सम्झौताको तयारी समेत भइरहेको छ।

स्मार्ट लाइसेन्स छपाइ तीव्र। १० दिनमै १ लाख ६२ हजार लाइसेन्स प्रिन्ट, बाँकी २९ लाख छाप्ने लक्ष्य।

छपाइ सम्पन्न भएका लाइसेन्सहरू सम्बन्धित कार्यालयमार्फत वितरण गरिँदै छन् भने केही जिल्लामा हुलाकमार्फत समेत पठाउन थालिएको छ। सरकारले दीर्घकालदेखि रोकिएका करिब २९ लाख स्मार्ट लाइसेन्स २०८३ असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिएको छ। छपाइ प्रक्रिया तीव्र बनाउन अत्याधुनिक मेसिन पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना समेत अघि सारिएको छ। नयाँ आवेदन दिने सेवाग्राहीका हकमा भने डेटा प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट गर्ने व्यवस्था मिलाइँदै छ। वर्षौँदेखि लाइसेन्स नपाउँदा रसिदकै भरमा सवारी चलाइरहेका नागरिकका लागि यो पहल राहतको रूपमा हेरिएको छ।

 यो पनि पढ्नुहोस : नयाँ बानेश्वरबाट ३० लाख नगदसहित क्रिप्टो र हुण्डी कारोबारी पक्राउ,       आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य.,    काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा ,  काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ ,  ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


यो पनि पढ्नुहोस्