पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

२२ चैत, काठमाडौँ नजिकै रहेको पर्यटकीय गन्तव्य तारेभिर अब थप परिचित हुने भएको छ। पर्यटन प्रवर्धन र यहाँको अनुभवलाई डिजिटल माध्यममा प्रस्तुत गर्न नयाँ वेबसाइट Tarevir.com सुरु गरिएको छ। तारेभिर सुन्दा जति भिरालो र कठिन लाग्छ, पुग्दा त्यति नै रोमान्चक, सान्त, सुन्दर र मनोरम वातावरणले तपाईंलाई स्वागत गर्छ। यहाँ चराचुरुंगीको चिर्बिराउने आवाजले प्रकृतिको संगीत सुनाउँछ भने गर्मीमा हिमालबाट बगेर आउने चिसो हावाले शरीर र मन दुवैलाई तरोताजा बनाउँछ।

Tarevir.com मा स्थानीय अनुभव, साहसिक गतिविधि जस्तै साइकलिङ्ग, हाइकिङ्ग र प्रकृति प्रेमीहरूका लागि सबै आवश्यक जानकारी उपलब्ध गराइनेछ। यसले पर्यटकहरूलाई सही मार्गदर्शन, भ्रमण योजना र सुरक्षासहितको अनुभव सुनिश्चित गर्नेछ। वेबसाइट सुरु भएसँगै तारेभिर र वरिपरि रहेका अद्भुत दृश्यहरू, मनोरम ट्रेल र साहसिक गतिविधिहरूलाई अझ पहुँचयोग्य बनाउने लक्ष्य राखिएको छ। थप जानकारीका लागि Tarevir.com मा भेट्न सकिन्छ।

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी


यो पनि पढ्नुहोस्