ट्रम्पको चेतावनी: गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने

चैत २४ वासिङ्टन डीसी । डोनाल्ड ट्रम्प ले इरानमा खसेको अमेरिकी लडाकु विमानसँग सम्बन्धित गोप्य सूचना सार्वजनिक भएको विषयलाई लिएर एक पत्रकारलाई जेल हाल्ने ट्रम्पको चेतावनी सार्वजनिक भएको छ। ह्वाइट हाउसमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील सूचना चुहिएको भन्दै कडा कदम चालिने बताएका हुन्। उनले यस्तो समाचार सार्वजनिक गर्ने मिडिया संस्थालाई स्रोत खुलाउन दबाब दिइने संकेत गर्दै स्रोत नखुलाए कारबाही हुन सक्ने बताएका छन्।

गत शुक्रबार इरानमा खसेको अमेरिकी लडाकु विमानका एक पाइलटको सफल उद्धार भएको थियो भने अर्को पाइलट हराइरहेको समाचार बाहिरिएको थियो। ट्रम्पका अनुसार, उक्त सूचना सार्वजनिक भएपछि उद्धार अभियान थप जटिल र जोखिमपूर्ण बनेको थियो। अमेरिकी अधिकारीहरूका अनुसार दोस्रो पाइलटलाई आइतबार बिहान उच्च जोखिमयुक्त अपरेसनमार्फत सुरक्षित रूपमा उद्धार गरिएको छ। CIA का निर्देशक जोन रेटक्लिफले उक्त अभियानलाई “मरुभूमिमा बालुवाको एक कण खोज्नु जत्तिकै कठिन” भएको बताएका छन्।

ट्रम्पले सूचना चुहावटका कारण इरान पक्षलाई पनि पाइलटको अवस्थाबारे जानकारी पुगेको दाबी गरेका छन्। यस घटनापछि ह्वाइट हाउसले औपचारिक अनुसन्धान सुरु गरेको जनाएको छ। तर कुन मिडिया संस्थालाई लक्षित गरिएको हो भन्नेबारे भने स्पष्ट खुलाइएको छैन।

 यो पनि पढ्नुहोस : नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट,       आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य.,    काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा ,  काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ ,  ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

यो पनि पढ्नुहोस्