६ भदौ, काठमाडौं ।
सिरहाको औरही गाउँपालिकामा सशस्त्र प्रहरीले चार किलो शंकास्पद काँचो मासु र एउटा मोटरसाइकलसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। औरही गाउँपालिका-५ स्थित गागन खोला क्षेत्रबाट शुक्रबार साँझ नियमित गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा औरही-५ मुस्लिम टोलका २५ वर्षीय मोहतर अलि र उनीसँगै रहेका अर्का एक स्थानीय युवक रहेका छन्।
सुरक्षा जाँचका क्रममा सशस्त्र प्रहरी निरीक्षक मनोजकुमार चौधरीको कमान्डमा खटिएको गस्ती टोलीले साँझ करिब ५:५० बजेतिर शंकास्पद अवस्थामा गुडिरहेको मोटरसाइकललाई रोकेर खानतलासी गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट करिब चार किलोग्राम काँचो मासु बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको मासु कुन जनावरको हो भन्ने विषयमा भने अहिलेसम्म यकिन भइनसकेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार उक्त मासु गैरकानुनी वा प्रतिबन्धित जीवजन्तुको हुनसक्ने आशंकामा थप अनुसन्धान अघि बढाइएको छ। नियन्त्रणमा लिइएका दुवै युवकलाई बरामद मासु र मोटरसाइकलसहित आवश्यक कानुनी कारबाही तथा अनुसन्धानका लागि सम्बद्ध निकायमा बुझाउने तयारी भइरहेको छ। बरामद मासुको पहिचानका लागि आवश्यक परीक्षण प्रक्रिया अघि बढाइने प्रहरी अधिकारीहरूले बताएका छन्।
पछिल्लो समय सीमावर्ती तथा ग्रामीण भेगमा शंकास्पद वस्तु तथा अवैध ओसारपसार हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले गस्ती तथा सुरक्षा जाँचमा कडाइ गरेको छ। घटनाबारे सूक्ष्म रूपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस: चार महिनामा देशभर ५ हजारभन्दा बढी विपद्का घटना: २५० जनाको मृत्यु, १६ सय घाइते, राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने ‘नीति, सङ्गठन र नेतृत्व’ कार्यशाला सुरु, बञ्चरेडाँडामा फोहोरको असर: काठमाडौंको दीर्घकालीन व्यवस्थापनमा अझै ढिलाइ, सुनको मूल्यमा फेरि भारी वृद्धि: तोलामा ३ हजार ३ सयले बढेर ३ लाख १६ हजार ७ सय पुग्यो, महात्मा गान्धीका ऐतिहासिक नोटहरू १ करोड ७० लाख डलरमा लिलाम, इतिहासकै नयाँ कीर्तिमान, गुल्मीमा बाँदर धपाउने क्रममा लडेर ५५ वर्षीया कमला पाण्डेको मृत्यु, भृकुटीमण्डप परिसरको व्यवस्थापन सुधार्न मन्त्री सीता बादीको बिहानै छड्के अनुगमन, विभिन्न स्वास्थ्य परिषद्हरूमा नयाँ नेतृत्व चयन: डा. श्रेष्ठ, डा. जोशी, डा. अर्याल र रमेश श्रेष्ठ नियुक्त
पर्यटन प्रबन्धनको लागि tarevir.com,
नागरिक जिम्मेवारीको लागि jimmewari.com,
दक्ष सेवाहरूको लागिskillssewa.com
को सुरुवात गरिएको छ, जसले सेवाको सहज व्यापार र सचेतनाका लागि मञ्च प्रदान गर्नेछन्।
















Leave a Reply