८ वैशाख, काठमाडौं। उदयपुर आगलागी घटनामा दुई जनाको मृत्यु भएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको भीषण आगलागीले ठूलो मानवीय क्षति पुर्याएको हो।मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका छन्। आगलागीमा परी अस्मिता खड्का घाइते भएकी छन् र उनको बेल्टारस्थित नगर अस्पतालमा उपचार भइरहेको छ।
उदयपुर चौदण्डीगढीमा आगलागीमा चौदण्डीगढी–७ बेल्टारमा २ जनाको मृत्यु भएको छ। विद्युत् सर्टका कारण आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख राजन चापागाईंका अनुसार आज बिहान करिब २:४५ बजे लक्ष्मी नारायण खड्काको घरबाट आगो सुरु भएको थियो। आगो फैलिँदै जाँदा छिमेकी रबिन कुमार दास र सकलदेवको घर समेत जलेर क्षति पुगेको छ।घटना हुँदा सबैजना निद्रामा रहेका कारण ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। सुतिरहेको अवस्थामा नै आगलागीमा परी लक्ष्मी नारायण र पवन खड्काको ज्यान गएको प्रहरीले जनाएको छ।
उदयपुर आगलागी नियन्त्रणका लागि त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय बासिन्दा र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो। मंगलबार बिहान आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।उदयपुर आगलागी घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ भने आगलागीबाट जोगिन सावधानी अपनाउनुपर्ने आवश्यकता फेरि एकपटक उजागर भएको छ।
यो पनि पढ्नुहोस:गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि विरोधाभास, अमेरिकाद्वारा हर्मुज नजिकै इरानी पानीजहाज कब्जा, तनाव चुलियो, सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने तयारी, ऐन संशोधन आवश्यक, कपिलवस्तुमा पेस्तोलसहित युवक पक्राउ, अनुसन्धान सुरु, सडक विस्तारका कारण वीरगञ्जमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध, गोरखामा पहिलो पटक ठाडो भाका प्रतियोगिता हुँदै, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply