६ वैशाख, गोरखा | गोरखामा पहिलो पटक खुला ठाडो भाका प्रतियोगिता गोरखा आयोजना हुने भएको छ। भूकम्प स्मृति दिवसको अवसर पारेर यही वैशाख ११ गतेबाट प्रतियोगिता सुरु गरिनेछ।जिल्ला सदरमुकामस्थित रानीपोखरी परिसरमा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजक ठाडो भाका संरक्षण तथा प्रवर्द्धन समितिले जनाएको छ।
समिति अध्यक्ष पृथ्वी गुरुङका अनुसार ठाडो भाका नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ। “यसको संरक्षण र प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गर्न लागेका हौँ,” उनले बताए।ठाडो भाका प्रतियोगिता गोरखा मार्फत अग्रज श्रष्टालाई सम्मान गर्दै नयाँ पुस्तालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ। प्रतियोगितामा गोरखासँगै लम्जुङ, तनहुँ र कास्कीबाट पनि सहभागीहरू आउने अपेक्षा गरिएको छ।
गोरखामा ठाडो भाका प्रतियोगिता: पहिलो पटक आयोजना
समिति सचिव हरिकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा १५ भन्दा बढी टिम सहभागी हुने अनुमान गरिएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ८० हजार, ५० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँ दिइनेछ।यसै अवसरमा ठाडो भाकाका एक जना अग्रज श्रष्टा र एक जना नयाँ प्रतिभालाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ।प्रतियोगिता सम्पन्न गर्न करिब १८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। सहभागीहरूका लागि खानपान र बसोबासको व्यवस्था आयोजकले गर्नेछ।स्थानीय जनप्रतिनिधि विष्णु राना र राजेन्द्रकुमार जोशीले लोप हुँदै गएको ठाडो भाका संरक्षणमा सबैले सहयोग गर्नुपर्ने बताएका छन्।
यो पनि पढ्नुहोस: रास्वपाले पहिलो पटक विज्ञ र योजनाहरू आह्वान गर्ने तयारी, इन्धनको मूल्य नघटाए नेपाल आयल निगम घेराउ गर्ने चेतावनी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाको तेलसहित एक अमेरिकी नागरिक पक्राउ, चीन युथ पायोनियर प्रोग्राम नेपाल सुरु: जेनजी युवालाई नेतृत्व तालिम र चीन भ्रमण अवसर, ट्रम्प भेटअघि चीनको कूटनीतिक दौडधुप: इरानलाई मनाउँदै, अमेरिकासँग सन्तुलन खोज्दै बेइजिङ, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply