पुनर्विवाहपछि सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था खारेज

२१ वैशाख, काठमाडौं । अर्को विवाह गर्ने एकल महिला (विधवा) ले पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज भएको छ। सर्वोच्च अदालत को संवैधानिक इजलासले यस्तो व्यवस्था संविधानविपरीत ठहर गर्दै बदर गरेको हो। यो व्यवस्था मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४(२) मा उल्लेख थियो। उक्त दफामा विधवाले पुनर्विवाह गरेपछि अंशबापत पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने प्रावधान राखिएको थियो।

तर संवैधानिक इजलासले यस्तो व्यवस्था नेपालको संविधानमा सुनिश्चित गरिएको समानताको हकविपरीत भएको निष्कर्ष निकालेको छ। अदालतले महिलामाथि मात्रै यस्तो शर्त लगाइनु विभेदकारी भएको ठहर गरेको हो, किनकि एकल पुरुषका हकमा यस्तो कुनै व्यवस्था थिएन।

सर्वोच्च अदालतले विधवाले पुनर्विवाह गर्दा सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज गर्यो। महिला अधिकार र समानताको दिशामा ठूलो फैसला।

यो मुद्दा महिला कानुन र विकास मञ्च का तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुंगाना ले दायर गरेको रिट निवेदनका आधारमा उठेको थियो। उनले यस्तो प्रावधानले महिलाको मौलिक अधिकार, विशेषगरी समानता र महिलाको अधिकारको हकलाई उल्लंघन गरेको दाबी गरेकी थिइन्।

अदालतको यो निर्णयसँगै अब विधवाले पुनर्विवाह गर्दा पनि पहिले प्राप्त सम्पत्तिमाथि अधिकार कायम रहनेछ। यसलाई महिला अधिकार र लैंगिक समानताका लागि महत्वपूर्ण कानुनी सुधारको रूपमा हेरिएको छ।


यो पनि पढ्नुहोस: पहिरोले कान्ति लोकपथ र अरनिको राजमार्ग ठप्प | नेपालभर सडक अवरुद्धरवि लामिछाने र ट्रम्पका दूत सर्जियो गोरबीच भेट, आर्थिक सहकार्यमा छलफल,  धनुषाबाट १३७ किलो गाँजासहित दुई जना पक्राउ,  काठमाडौंमा पेस्तोल र १६ हजार ट्रामाडोलसहित ४ जना पक्राउ,  ई–बिडिङ ह्याक काण्ड: नेपाल टेलिकम सर्भर ह्याकमा समातिएका कर्मचारी फेरि पक्राउ,  मालपोत अधिकृत र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,  किन कुमारी बैंक र सिद्धार्थ बैंकले ताने सेयर लगानीकर्तालाई?,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्