आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

१४ जेठ,  काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो धार्मिक पर्व बकर इद अर्थात् इदुल जोहा आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ । पर्वका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । बिहानैदेखि मुस्लिम समुदायका मानिसहरू स्नान गरी नजिकका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गरिरहेका छन् । नमाजपछि एकअर्काबीच शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ । काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका मस्जिदहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।

धार्मिक मान्यताअनुसार इदुल फित्र अर्थात् रमजान समाप्त भएको करिब ७० दिनपछि बकर इद मनाइन्छ । यो पर्व हजरत इब्राहिमले अल्लाहको आदेश पालन गर्न आफ्ना प्रिय पुत्र इस्माइललाई कुर्बानी दिन तयार भएको ऐतिहासिक घटनाको सम्झनामा मनाउने गरिन्छ ।

मुस्लिम धर्मगुरुहरूका अनुसार अल्लाहले इब्राहिमको विश्वास र समर्पणको परीक्षा लिएका थिए । जब उनले आफ्ना पुत्रलाई बलिदान दिन तयारी गरे, त्यसबेला अल्लाह प्रसन्न भई मानवको सट्टा जन्नतबाट ल्याइएको दुम्बाको कुर्बानी स्वीकार गरिएको धार्मिक विश्वास छ । यही कारण आजसम्म बकर इदमा कुर्बानी दिने परम्परा कायम रहेको बताइन्छ ।यस अवसरमा धर्मले स्वीकार गरेका जनावरको कुर्बानी दिइन्छ । कुर्बानीको मासु तीन भागमा बाँड्ने धार्मिक परम्परा छ । एक भाग गरिब तथा विपन्नलाई, अर्को आफन्त तथा इष्टमित्रलाई र तेस्रो भाग परिवारका लागि राखिन्छ ।

नेपालभर आज मुस्लिम धर्मावलम्बीहरूले बकर इद (इदुल जोहा) पर्व मनाउँदैछन् । सरकारले सार्वजनिक बिदा दिएको छ । बकर इदको धार्मिक महत्व, कुर्बानी परम्परा र हज यात्राबारे जान्नुहोस् ।

मुस्लिम समुदायका लागि मक्का र मदिना पुगेर हज यात्रा गर्नु विशेष पुण्यको कार्य मानिन्छ । नेपाल सरकारले पनि गृह मन्त्रालयअन्तर्गत हज समितिमार्फत हज यात्राको व्यवस्थापन गर्दै आएको छ ।मुस्लिम धर्मावलम्बीहरूले बकर इद तीन दिनसम्म मनाउने परम्परा रहेको जनाइएको छ । यी तीनै दिन कुर्बानी दिन सकिने धार्मिक व्यवस्था रहेको मस्जिदका पदाधिकारीहरूले बताएका छन् ।


यो पनि पढ्नुहोस: कसरी चल्दैछ विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय ?, पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाट नग्न तस्बिर माग्ने पक्राउपछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ लेबनानीको मृत्यु,  बागमतीको नीति तथा कार्यक्रम सुकुमवासीलाई १००० घर,  चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प, तत्काल ठूलो क्षतिको खबर छैनखिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद,  पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्धउच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्