१४ जेठ, काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गतको मुग्लिन पोखरा सडक खण्ड स्तरोन्नति आयोजनाको पश्चिम खण्ड निर्माण कार्य अझै सुस्त गतिमा अघि बढिरहेको छ । पटक–पटक म्याद थप हुँदासमेत आयोजना निर्धारित समयमा सम्पन्न हुने सम्भावना कमजोर बन्दै गएको छ । तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म फैलिएको ३८.७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ । आयोजनाको म्याद तेस्रोपटक थप गर्दै आगामी असार १५ गतेसम्म पुर्याइएको भए पनि हालको प्रगति हेर्दा उक्त समयभित्र काम सकिने अवस्था नरहेको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार हालसम्म सडक निर्माणको भौतिक प्रगति करिब ७८ प्रतिशत पुगेको छ । उनका अनुसार पहिलो तहको कालोपत्रे ३८ किलोमिटर र दोस्रो तहको कालोपत्रे ३७.२८ किलोमिटर सम्पन्न भइसकेको छ ।
यस आयोजनाअन्तर्गत २०.५५ किलोमिटर चार लेन सडक तथा १८.१६ किलोमिटर चार लेनसहित सर्भिस लेन निर्माण गर्नुपर्नेछ ।निर्माण ढिलाइ हुनुका मुख्य कारणहरूमा पेट्रोलियम पदार्थको अभाव, निर्माण सामग्रीको मूल्यवृद्धि तथा लगातारको वर्षा रहेको आयोजनाले जनाएको छ । योजना प्रमुख कुँवरका अनुसार निर्माण कम्पनीलाई दैनिक करिब चार हजार लिटर डिजेल आवश्यक पर्ने भए पनि हाल १५ सय लिटर मात्र उपलब्ध भइरहेको छ ।
मुग्लिन पोखरा सडक, पृथ्वीराजमार्ग, सडक स्तरोन्नति आयोजना, पोखरा सडक विस्तार, एडीबी परियोजना, नेपाल सडक समाचार, तनहुँ सडक, चार लेन सडक, मुग्लिन पोखरा पश्चिम खण्ड
उनले भने, “इन्धन अभाव र निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिले काममा प्रत्यक्ष असर परेको छ । यसले तोकिएको समयमा आयोजना सम्पन्न गर्न कठिन बनाएको छ ।”आयोजनाका सूचना अधिकारी अनन्त बरालका अनुसार अहिले कालोपत्रे सम्पन्न भएका क्षेत्रमा सर्भिस लेन निर्माण, सडक मार्किङ, थर्मोप्लास्टिक पेन्ट तथा डब्लु-बिम रोड सेफ्टी ब्यारियर जडानको काम भइरहेको छ ।
एशियाली विकास बैंक (एडीबी) को लगानीमा सञ्चालन भइरहेको उक्त परियोजनाको पश्चिम खण्ड निर्माणका लागि चिनियाँ कम्पनी ‘यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन’सँग करिब ७ अर्ब ४० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।यो निर्माण सम्झौता २०७८ जेठ २ गते गरिएको थियो भने सोही वर्ष भदौ १२ गतेदेखि निर्माण कार्य सुरु गरिएको थियो ।
यो पनि पढ्नुहोस:आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा, कसरी चल्दैछ विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय ?, पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाट नग्न तस्बिर माग्ने पक्राउ, पछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ लेबनानीको मृत्यु, बागमतीको नीति तथा कार्यक्रम सुकुमवासीलाई १००० घर, चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प, तत्काल ठूलो क्षतिको खबर छैन, खिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद, पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्ध, उच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply