१५ जेठ, काठमाडौं | सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने FIFA विश्वकप नजिकिँदै गर्दा इरानको राष्ट्रिय फुटबल टोली अझै अमेरिकी भिसाको प्रतीक्षामा रहेको खुलासा भएको छ। मेक्सिकोस्थित इरानी राजदूत अबोलफजल पसान्दिदेहले इरानले “समान अवस्था”मा विश्वकप खेल्न नपाएको गुनासो गर्दै हालसम्म अमेरिकी प्रवेश भिसा जारी नभएको बताएका छन्।
उत्तरी मेक्सिकोको सीमावर्ती सहर तिजुआना भ्रमणका क्रममा उनले प्रारम्भिक रूपमा इरानी टोलीको प्रशिक्षण शिविर अमेरिकाको एरिजोनास्थित टक्सनमा राख्ने योजना भए पनि अहिले त्यसलाई मेक्सिकोमा सारिएको जानकारी दिए।
सन् २०२६ को FIFA विश्वकप नजिकिँदै गर्दा इरानको राष्ट्रिय फुटबल टोलीले अझै अमेरिकी भिसा नपाएको खुलासा भएको छ। अमेरिका–इरान तनावबीच टोलीको सहभागितामाथि अन्योल बढेको छ।
उनका अनुसार अमेरिकी भिसा प्रक्रिया अझै टुंगो नलागेकाले खेलाडीहरूको सहभागितामाथि अनिश्चितता कायम छ। कतारी सञ्चारमाध्यम अल जजिराले राजदूत पसान्दिदेहलाई उद्धृत गर्दै “अमेरिकाले खेलाडीलाई भिसा दिन्छ कि दिँदैन भन्ने अझै स्पष्ट छैन” जनाएको छ।तालिकाअनुसार इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डसँग, जुन २१ मा बेल्जियमसँग र जुन २६ मा सियाटलमा इजिप्टसँग खेल खेल्ने तय भएको छ। तर भिसा प्रक्रिया अन्योलमा परेपछि टोलीको यात्रा र तयारी प्रभावित बन्न सक्ने देखिएको छ।
अमेरिका र इरानबीच पछिल्लो समय बढ्दो राजनीतिक तथा सुरक्षा तनावका कारण पनि यो विषय थप संवेदनशील बनेको छ। इरानले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलहरू अमेरिकाबाट हटाएर मेक्सिकोमा सार्न FIFA सँग आग्रह गरेको थियो। तर FIFA ले उक्त प्रस्ताव अस्वीकार गर्दै पूर्वनिर्धारित तालिकाअनुसार नै खेल सञ्चालन हुने स्पष्ट पारेको थियो।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक उच्च दूत पाओलो जाम्पोलीले इरानको स्थानमा इटालीलाई विश्वकपमा सहभागी गराउने प्रस्ताव अघि सारेका थिए। तर FIFA ले इरानको सहभागितामाथि कुनै शंका नरहेको प्रतिक्रिया दिएको छ।
FIFA अध्यक्ष जियानी इन्फान्टिनोले हालै वासिङ्टनमा आयोजित कार्यक्रममा खेलकुद राजनीतिभन्दा माथि हुनुपर्ने उल्लेख गर्दै इरानी टोली विश्वकप खेल्न आउने बताएका थिए।FIFA को नियमअनुसार छनोट चरण पार गरेर आएका टोलीलाई सहज रूपमा हटाउन नमिल्ने व्यवस्था छ। कुनै देशले प्रतियोगिताबाट नाम फिर्ता लिएमा मात्र अर्को टोलीलाई स्थान दिन सकिने प्रावधान रहेको छ।
इरान र अमेरिकाबीच फुटबल मैदानमा पनि पुरानो प्रतिस्पर्धा रहँदै आएको छ। सन् १९९८ को विश्वकपमा इरानले अमेरिकालाई २–१ ले हराएको थियो भने सन् २०२२ को विश्वकपमा अमेरिकाले इरानलाई १–० ले पराजित गरेको थियो।जुन ११ बाट सुरु हुने विश्वकपमा इरानले समूह चरणका दुई खेल लस एन्जलस र एक खेल सियाटलमा खेल्ने तालिका भए पनि अमेरिकी भिसा प्रक्रिया टुंगो नलागेसम्म टोलीको सहभागिता र यात्रा अन्योलमै रहने देखिएको छ।
यो पनि पढ्नुहोस: आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा सार्वजनिक हुँदै, मुग्लिन–पोखराको सडक खण्ड आगामी असारसम्म पूरा नहुने, आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा, कसरी चल्दैछ विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय ?, पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाट नग्न तस्बिर माग्ने पक्राउ, पछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ लेबनानीको मृत्यु, बागमतीको नीति तथा कार्यक्रम सुकुमवासीलाई १००० घर, चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प, तत्काल ठूलो क्षतिको खबर छैन, खिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद, पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्ध, उच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply