लिपुलेक, लिम्पियाधुरा विवादमा भारतको जवाफ, वार्तामार्फत समाधान खोजिने

१९ जेठ, काठमाडौं । लिपुलेक हुँदै सञ्चालन हुने कैलाश मानसरोवर यात्राबारे नेपालले पठाएको कूटनीतिक नोटको भारतले औपचारिक जवाफ पठाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा जानकारी दिँदै भारतबाट जवाफ प्राप्त भएको बताएका हुन्।नेपाल सरकारले गत वैशाख २० गते नेपाली भूमि लिपुलेक प्रयोग गरी भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागिएको भन्दै आपत्ति जनाउँदै दुवै छिमेकी राष्ट्रलाई कूटनीतिक नोट पठाएको थियो। सबै प्रमुख राजनीतिक दलहरूसँगको परामर्शपछि नेपालको आधिकारिक धारणा भारत र चीनलाई जानकारी गराइएको थियो।

प्रतिनिधिसभामा सांसद Padma Aryal को प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतको प्रतिक्रिया प्राप्त भइसकेको जानकारी दिए।उनले भने, “भारत सरकारलाई पठाइएको आधिकारिक नोटको जवाफ आइसकेको छ। उक्त जवाफमा दुवै देशका इतिहासविद्, सर्भेयर तथा भूमि सम्बन्धी विज्ञहरूको सहभागितामा टेबल वार्तामार्फत समस्या समाधान गर्ने विषय उल्लेख गरिएको छ।”प्रधानमन्त्रीका अनुसार सीमा सम्बन्धी विषयलाई कूटनीतिक संवाद र तथ्यमा आधारित छलफलमार्फत टुंग्याउने सहमति भएको संकेत भारतको जवाफमा गरिएको छ।

लिपुलेक हुँदै सञ्चालन हुने कैलाश मानसरोवर यात्राबारे नेपालले पठाएको कूटनीतिक नोटको भारतले जवाफ दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार दुवै देशबीच वार्तामार्फत समाधान खोजिनेछ।

नेपालले लामो समयदेखि लिपुलेक , लिम्पियाधुरा र कालापानी क्षेत्र नेपाली भूभाग भएको दाबी गर्दै आएको छ। नेपालले सन् १८१६ को सुृगौली सन्धि तथा महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको ऐतिहासिक तथ्यका आधारमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ।यसअघि भारत र चीनले लिपुलेक नाका हुँदै कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेका थिए। भारत सरकारले सञ्चालन गर्ने सन् २०२६ को कैलाश मानसरोवर यात्रा जुनदेखि अगस्टसम्म सञ्चालन हुने तालिका छ।

प्रधानमन्त्री शाहले लिपुलेक सम्बन्धी विषयमा भारत र चीनसँग मात्र नभई इङगल्याण्ड सँग समेत संवाद भइरहेको जानकारी दिएका छन्। यद्यपि चीनबाट नेपालको कूटनीतिक नोटको औपचारिक जवाफ आएको वा नआएको विषयमा उनले थप विवरण खुलाएका छैनन्।सरकारले सीमा विवाद समाधानका लागि कूटनीतिक माध्यम, ऐतिहासिक प्रमाण तथा द्विपक्षीय वार्तालाई प्राथमिकता दिने नीति कायम राखेको जनाएको छ।


यो पनि पढ्नुहोस:५ दिने भ्रमणका लागि आज भारत जाँदै रवि लामिछाने,  गैंडाकोटमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या,  अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्रमुनि चल्ने ड्रोन प्रविधि विकास गर्नेआज यी प्रदेशमा वर्षाको सम्भावना, तराई र पहाडी क्षेत्रमा हावाहुरीको चेतावनीबैंकमा निष्क्रिय रहेको कोषको रकम सरकारले चलाउने, हकवालाले दाबी गरे फिर्ता हुने,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्