वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ, नागरिकता किर्ते आरोपमा अनुसन्धान

१९ जेठ, वीरगन्ज । राजेशमान सिंह लाई नागरिकता लिखतसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मेयर सिंहलाई मंगलबार बिहान ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध जेठ ८ गते नै पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकका अनुसार नागरिकता सम्बन्धी लिखत कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। यसै प्रकरणमा अनुसन्धान अघि बढाउँदै प्रहरीले सोमबार उनका स्वकीय सचिव सत्यराज घिमिरेलाई समेत नियन्त्रणमा लिएको थियो।

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ, नागरिकता किर्ते आरोपमा अनुसन्धान, फर्जी जन्मदर्ताका आधारमा नागरिकता र राहदानी बनाएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

पर्सा जिल्ला अदालतले मेयर सिंहसहित Rita Bhattarai र वीरगन्ज महानगरपालिका वडा नं. ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।प्रहरी अनुसन्धान अनुसार रिता भट्टराईकी छोरी रुबिना श्रेष्ठलाई आफ्नै छोरी देखाएर फर्जी जन्मदर्ता तयार गरिएको आरोप छ। सोही जन्मदर्ताको आधारमा नागरिकता तथा राहदानी बनाइएको र पछि विदेश पठाइएको दाबी अनुसन्धान पक्षको छ।

अदालतमा मुद्दा विचाराधीन

यसअघि पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह पर्सा जिल्ला अदालत पुगेका थिए। तर अदालतको कार्यव्यस्तताका कारण आवश्यक कानुनी प्रक्रिया अघि बढ्न नसकेको बताइएको थियो।उनीविरुद्ध लिखतसम्बन्धी कसुर, झूटा विवरण पेश गरी नागरिकता प्राप्त गरेको तथा राहदानी बनाएको आरोपमा मुद्दा विचाराधीन छ।

सात वर्षसम्म कैद सजायको माग

प्रहरीका अनुसार उक्त मुद्दामा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत किर्ते कागजात सम्बन्धी व्यवस्थाअनुसार सरकारी वा सार्वजनिक लिखतमा किर्ते गर्ने कसुर आकर्षित हुने दाबी गरिएको छ।उक्त कसुर प्रमाणित भएमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ।प्रहरीले मेयर सिंहलाई आजै अदालतमा उपस्थित गराएर थप अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

यो पनि पढ्नुहोस: लिपुलेक, लिम्पियाधुरा विवादमा भारतको जवाफ, वार्तामार्फत समाधान खोजिने, ५ दिने भ्रमणका लागि आज भारत जाँदै रवि लामिछाने,  गैंडाकोटमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या,  अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्रमुनि चल्ने ड्रोन प्रविधि विकास गर्नेआज यी प्रदेशमा वर्षाको सम्भावना, तराई र पहाडी क्षेत्रमा हावाहुरीको चेतावनीबैंकमा निष्क्रिय रहेको कोषको रकम सरकारले चलाउने, हकवालाले दाबी गरे फिर्ता हुने,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्