२ भदौ, काठमाडौं ।
काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश सवार गाडी मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको छ। भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेतमा मङ्गलबार बिहान करिब ७ बजे भएको उक्त दुर्घटनामा मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्। काठमाडौँ-हेटौँडा जोड्ने छोटो दूरीको सडकमा गुडिरहेको स्कार्पियो अनियन्त्रित भई सडकबाट तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी स्कार्पियो गाडी सडकबाट भिरतर्फ खसेर दुर्घटनाग्रस्त भएको थियो। गाडीमा मुख्य न्यायाधीश डाँगीसहित चार जना पुरुष र दुई जना महिला गरी कूल ६ जना सवार थिए। घाइतेमध्ये एक जना महिलाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिएका छन्।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीको टोली र स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका थिए। भिरमा अड्किएको गाडीबाट घाइतेहरूलाई सुरक्षित रूपमा निकालेर तत्कालै उपचारका लागि हेटौँडास्थित प्रादेशिक अस्पताल पठाइएको छ। गम्भीर घाइते महिलालाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत जुरीखेतको ओरालो र घुम्ती क्षेत्र दुर्घटनाका दृष्टिले निकै जोखिमयुक्त मानिन्छ। ओरालो सडकमा गाडी अनियन्त्रित भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले दुर्घटनाग्रस्त सवारी साधनलाई घटनास्थलबाट हटाउनुका साथै घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ।
यो पनि पढ्नुहोस: दुर्गा प्रसाईंको महाअभियानसँग वार्ता गर्न सरकारद्वारा सहसचिव सुवेदीको संयोजकत्वमा टोली गठन, पत्रकार किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न सर्वोच्च अदालतको आदेश, देउवा पक्षलाई गगन थापाको कडा जवाफ: ‘अनुहारका कारण भोट नआएको भए महाधिवेशनमा हराउनुस्’, उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनको तयारी: चुनढुंगा उत्खनन अनुमतिपत्र नवीकरण, ७५ लाख बक्यौता फर्छ्यौट, रास्वपाका सांसदलाई नयाँ नियम: संसद् बैठकमा अनुपस्थित भए अनिवार्य फारम भर्नुपर्ने, एनपीएल ३: सुदूरपश्चिम रोयल्सबाटै लगातार तेस्रो सिजन खेल्ने भए स्कट कुगेलेइन, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा पदबाट राजीनामा, तोकिएको भन्दा बढी विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
पर्यटन प्रबन्धनको लागि tarevir.com,
नागरिक जिम्मेवारीको लागि jimmewari.com,
दक्ष सेवाहरूको लागिskillssewa.com
को सुरुवात गरिएको छ, जसले सेवाको सहज व्यापार र सचेतनाका लागि मञ्च प्रदान गर्नेछन्।


















Leave a Reply