तोकिएको भन्दा बढी विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका दुई कर्मचारी विमानस्थलबाट पक्राउ

विश्वनाथ सहनी पक्राउ, पत्नी खुट्टा काट्ने घटना

१ भदौ, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तोकिएको मापदण्डभन्दा बढी विदेशी मुद्रा बोकेर मलेसिया जान लागेका नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२६ बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका-३ घर भई काठमाडौँ बस्दै आएकी ३५ वर्षीया ममता पाण्डे रहेका छन्। उनीहरू दुवै जना नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारी हुन्।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार, नेपाल एयरलाइन्सको नियमित उडानमार्फत मलेसियाको क्वालालाम्पुर प्रस्थान गर्न लागेका उनीहरूलाई विमानस्थलको प्रस्थान चेकिङ टोलीले नियन्त्रणमा लिएको हो। उनीहरूको झोला सुरक्षा जाँच गर्दा कानुनले तोकेको सीमाभन्दा बढी विदेशी मुद्रा भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नेपालको प्रचलित कानुनअनुसार तोकिएको सीमाभन्दा बढी वैदेशिक मुद्रा ओसारपसार गर्नु गैरकानुनी मानिन्छ। पक्राउ परेका दुवै कर्मचारीलाई विदेशी मुद्रा अपचलन सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको विमानस्थल प्रहरीले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस: सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई सभामुखको रुलिङ, प्रतिनिधिसभा बैठक आज बस्दै: खानी, राहदानी र बालबालिकासम्बन्धी चार विधेयकमाथि छलफल हुने, बिहारको अशोकधाम मन्दिरमा भागदौड : ७ जनाको मृत्यु, कैयौँ घाइते, सरकारद्वारा माग सुनुवाइ नभएको भन्दै आजदेखि देशभरका म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द, विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलर र युरोको भाउ कति?, उपत्यकामा दुई दिनमै १६ हजार बढी ग्यास सिलिन्डर वितरण, सोमबारदेखि आपूर्ति सहज हुने निगमको दाबी, सोमबारदेखि म्यानपावर कम्पनीहरू बन्द गर्ने व्यवसायीको चेतावनी, हजारौँ श्रमिक प्रभावित हुने खतरा, संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

पर्यटन प्रबन्धनको लागि tarevir.com,
नागरिक जिम्मेवारीको लागि jimmewari.com,
दक्ष सेवाहरूको लागिskillssewa.com
को सुरुवात गरिएको छ, जसले सेवाको सहज व्यापार र सचेतनाका लागि मञ्च प्रदान गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *