एनसेल र बीवाईडी नेपालबीच साझेदारी: अब बीवाईडीका विद्युतीय गाडीमा एनसेलको आईओटी सिम

एनसेल

३ भदौ, काठमाडौं ।

काठमाडौँ। नेपालको अग्रणी निजी टेलिकम सेवा प्रदायक एनसेल र बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कबीच ‘कनेक्टेड भेहिकल’ सेवा उपलब्ध गराउने सम्झौता भएको छ। यो साझेदारीपछि नेपालमा बिक्री हुने बीवाईडीका विद्युतीय सवारी साधनहरूमा एनसेलको ‘इन्टरनेट अफ थिङ्स’ (आईओटी) सिम जडान गरिनेछ। यसबाट ग्राहकहरूले गाडीभित्रै सिधै सुरक्षित र आधुनिक डिजिटल कनेक्टिभिटीको अनुभव लिन सक्नेछन्।

गाडीमा आईओटी सिम जडान भएपछि चालक तथा यात्रीले बाह्य मोबाइल हटस्पट वा अतिरिक्त उपकरण प्रयोग नगरीकनै इन-भेहिकल इन्टरनेट सेवा प्राप्त गर्नेछन्। यस प्रविधिले बीवाईडी एप इकोसिस्टम, नेभिगेसन, स्मार्ट कनेक्टिभिटीका साथै युट्युब, स्पोटिफाइ र काराओके जस्ता अनलाइन मनोरञ्जनका सुविधाहरूलाई गाडीकै मुख्य सिस्टमबाटै सञ्चालन गर्न मद्दत गर्नेछ। यो सुविधा नयाँ गाडी खरिदकर्ताका साथै पुराना बीवाईडी प्रयोगकर्ताका लागि पनि उपलब्ध हुनेछ। पुराना ग्राहकले देशभरका १३ वटा आधिकारिक सर्भिस सेन्टरबाट एनसेल आईओटी सिम जडान गराउन सक्नेछन्।

सम्झौताका क्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले आईओटी प्रविधिले बीवाईडी गाडीमा स्मार्ट कनेक्टिभिटी, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटी थप्ने बताए। उनले बाह्य वाई-फाईमा निर्भर नरही सडकमा भरपर्दो नेभिगेसन र मनोरञ्जन लिन सकिने स्पष्ट पारे। त्यस्तै, साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी सधैँ प्रविधिको नवप्रवर्तनमा अगाडि रहेको र एनसेलको भरपर्दो नेटवर्कले ग्राहकलाई गाडीका आधुनिक सुविधाहरूको पूर्ण उपयोग गर्न सहज बनाउने विश्वास व्यक्त गरे।

सवारी साधनको मोडल र सफ्टवेयर अनुसार सुविधाहरू फरक पर्न सक्नेछन् भने ग्राहकले आवश्यकता अनुसारको डेटा प्लान छनोट गर्न सक्नेछन्। नेपालमा सवारी साधनलाई प्रविधिसँग जोड्दै आईओटी सोलुसन्स विस्तार गर्ने दिशामा यो सहकार्यलाई एक महत्त्वपूर्ण कदम मानिएको छ।

यो पनि पढ्नुहोस: नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त, लिए शपथ, सुनको मूल्यमा उल्लेख्य गिरावट: तोलामा २ हजार ७ सय रुपैयाँले घट्यो, कति छ आजको भाउ?, केवाइसी अद्यावधिकको बहानामा बैंक ठगी गर्ने चार जना साइबर ब्युरोको नियन्त्रणमा, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै, के-के छन् एजेन्डा?, त्रिभुवन विमानस्थलबाट ३९ किलो थाइ गाँजासहित आठ विदेशी नागरिक पक्राउ, काठमाडौँमा प्रहरीको सक्रियता: लागुऔषधसहित एक र चोरी अभियोगमा दुई जना पक्राउ, काभ्रेमा बर्डफ्लुका कारण ९० हजार पन्छी नष्ट, नियन्त्रणका लागि कडाइ, ठमेलको छायाँदेवी कम्प्लेक्स जग्गा विवाद: ऐतिहासिक अभिलेख र कानुनी तथ्यको विश्लेषण

पर्यटन प्रबन्धनको लागि tarevir.com,
नागरिक जिम्मेवारीको लागि jimmewari.com,
दक्ष सेवाहरूको लागिskillssewa.com
को सुरुवात गरिएको छ, जसले सेवाको सहज व्यापार र सचेतनाका लागि मञ्च प्रदान गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *