१४ चैत, काठमाडौं । CPN-UML का केही कार्यकर्ताले च्यासलस्थित पार्टी कार्यालयमा रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।
पूर्वप्रधानमन्त्री K. P. Sharma Oli पक्राउको विरोधमा भेला भएका कार्यकर्ताहरूले सचिवालय बैठक कभर गर्न पुगेका सञ्चारकर्मीमाथि आक्रोश पोखेका हुन् । पत्रकारहरूले प्रश्न सोध्ने क्रममा केही कार्यकर्ताले क्यामेरा खोस्ने प्रयाससमेत गरेका थिए ।
बैठकपछि प्रदर्शनमा उत्रिएका कार्यकर्ताले च्यासल करिडोर क्षेत्रमा टायर बालेर नाराबाजी गरेका थिए । सोही क्रममा भिडियो खिचिरहेको आरोप लगाउँदै केही पत्रकारमाथि हातपात र गालीगलौज गरिएको बताइएको छ ।
दुर्व्यवहारको घटनामा अनलाइनखबरका कौशल काफ्ले र प्रसुन संग्रौला तथा कान्तिपुरका दया दुदराज प्रभावित भएका छन् । घटनाका क्रममा आक्रोशित कार्यकर्ताले ‘देश संकटमा पर्दा मिडिया कहाँ थियो ?’ भन्दै पत्रकारहरूमाथि प्रश्न उठाएका थिए ।
यसअघि पनि केही पत्रकारलाई पार्टी कार्यालयबाट करिडोर क्षेत्रसम्म लखेटिएको र अपशब्द प्रयोग गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । image source: onlinekhawar

