२३ माघ, काठमाडौं ।
काठमाडौँ। ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) ले मनास्लु क्षेत्रको प्रसिद्ध लार्केपास पदमार्ग पुनः खुला भएको जनाउँदै पदयात्रीहरूलाई आवश्यक सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरेको छ। हालै बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण पदमार्गका विभिन्न खण्ड तथा पहुँचमार्गमा ठूलो क्षति पुगेको थियो। बाढीपछि अवरुद्ध बनेको यस क्षेत्रको पदयात्रा सुरक्षात्मक उपायहरू अपनाउँदै पुनः सञ्चालनमा ल्याइएको टानले जनाएको छ।
टानले बिहीबार एक विज्ञप्ति जारी गर्दै बाढीले पुर्याएको क्षतिपछि मर्मत सम्भार गरी पदमार्ग खुला गरिएको भए पनि केही स्थानमा अझै जोखिम कायमै रहेको स्पष्ट पारेको छ। त्यसैले पदयात्रामा जाने पर्यटक, ट्रेकिङ गाइड तथा पथप्रदर्शकहरूलाई पूर्ण सावधानी अपनाउन अनुरोध गरिएको छ। विशेष गरी बूढीगण्डकी तटीय क्षेत्र र बाढीले असर पुर्याएका भिरालो तथा साँघुरो पदमार्गमा यात्रा गर्दा संयमित हुन र मौसमको ध्यान राख्न टानले आग्रह गरेको छ।
मनास्लु लार्केपास नेपालको उत्कृष्ट र साहसिक हिमाली पदमार्गहरूमध्ये एक मानिन्छ। मनसुनी वर्षासँगै बूढीगण्डकी नदीमा आएको बाढी र कटानका कारण पदमार्गका पूर्वाधार, पुल तथा बाटोहरू क्षतिग्रस्त भएका थिए। जसका कारण केही समयका लागि यस क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको थियो। स्थानीय तह, पर्यटन व्यवसायी र सम्बन्धित निकायको पहलमा तत्कालका लागि बाटो सञ्चालनयोग्य बनाइएको हो।
पदयात्रा व्यवसायीहरूले आफ्ना पर्यटक तथा कर्मचारीहरूलाई मार्गको पछिल्लो अवस्थाबारे पूर्ण जानकारी गराएर मात्र यात्रा गराउनुपर्ने टानको भनाइ छ। मौसमको अवस्था ध्यानमा राख्दै स्थानीय प्रशासन, प्रहरी तथा पर्यटन संघ-संस्थाहरूसँग निरन्तर सम्पर्क र समन्वयमा रहेर मात्र पदयात्रा अघि बढाउन टानले सबै सरोकारवालाहरूलाई हार्दिक अपिल गरेको छ।
यो पनि पढ्नुहोस: रास्वपा सभापति रवि लामिछाने ३ दिने धार्मिक भ्रमणका लागि भारततर्फ, ह्यारी ब्रुकको कीर्तिमानी दोहोरो शतक ओझेलमा, श्रीलंकाले गर्यो दोस्रो ठूलो सफल ‘रन चेज’, तनहुँमा बाढीपहिरो क्षति: क्षतिग्रस्त सडक तथा पुल मर्मतका लागि सिफारिस, दशैँको बदलिँदो स्वरूप: हराउँदै गएका पुराना परम्परा र आधुनिकताको प्रभाव, त्रिवि क्रिकेट मैदान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताले निरन्तर गुञ्जायमान हुने, भक्तपुरमा रातभर चलेको ऐतिहासिक तलेजु र सेतो घोडा जात्रा सम्पन्न, घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताले निरन्तर व्यस्त बन्दै कीर्तिपुर क्रिकेट मैदान, अर्घाखाँची मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु: भूमिकास्थानमा भयानक सडक दुर्घटना
पर्यटन प्रबन्धनको लागि tarevir.com,
नागरिक जिम्मेवारीको लागि jimmewari.com,
दक्ष सेवाहरूको लागिskillssewa.com
को सुरुवात गरिएको छ, जसले सेवाको सहज व्यापार र सचेतनाका लागि मञ्च प्रदान गर्नेछन्।










Leave a Reply